• काठमाडौं। बालिका बलात्कार र हत्याको बिरोधमा कञ्चनपुरको सदरमुकाम महेन्द्रनगरमा स्थानीय जनताले गरेको प्रदर्शनमा प्रहरीले  गोली चलाएको छ । शुक्रबार प्रहरीको चलाएको गोली लागेर १४ बर्षीय बालक चेतन भट्टको मृत्यु भएको छ  ।

    महेन्द्रनगरको चन्दन चौकनिर पुग्दा प्रहरीको गोली लागि भट्टको मृत्यु भएको प्रहरीले जनाएको छ । बालिका हत्या प्रकरणमा प्रहरीको भुमिका शंकास्पद देखिएको भन्दै स्थानीयद्वारा गरिएको प्रदर्शनमाथी प्रहरीले गोली चलाएको घटनाको बिरोध गर्दै शुक्रबार दक्षिणी क्षेत्रमा पनि बिरोध प्रदर्शन र बन्द आयोजना गरिएको थियो ।

    जिल्लाका दक्षिणी सिमान्त बेलडाँडी, चवन्नी, क्याम्प , र बेलौरी बजारमा सयौंको संख्यामा जम्मा भएका स्थानीय जनताले प्रदर्शन गर्दै बजार बन्द गराएका थिए ।

    यद्यपि बेलडाडी बजार ब्यबस्थापन समितिले बिहिबार अबेर बिज्ञप्ती जारी गर्दै महेन्द्रनगरमा प्रहरीद्वारा गरिएको गोलि प्रहारको बिरोधमा बजार बन्दको आव्हान गरेको थियो ।

    बजारका व्यापारी सहितको समर्थन भएपछि स्थानीय जनताहरुले शुक्रबार बिहानै देखि ठूलो संख्यामा जम्मा भएर बजारका चोकहरुमा टायर बाल्दै जुलुस सहित प्रदर्शन गरेका थिए ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…