देबु बानियाँ
धनगढी । नेपाल जेसीजका राष्ट्रिय अध्यक्ष सिनेटर श्रीधर बस्यालले समृद्ध देश निर्माणका लागि युवाहरु जागृत भएर लाग्न आग्रह गर्नु भएको छ ।
नेपाल जेसीजले वर्ष २०१८ मा सञ्चालन गरेको युवा जनजागरण अभियान अन्तरगत शनिवार धनगढी जेसीजको आतिथ्यतामा भएको समारोहलाई सम्बोधन गर्दै राष्ट्रिय अध्यक्षले यस्तो बताउनु भएको हो ।
‘अब युवाहरु नै अग्रसर भएर लाग्नु पर्छ’ कार्यक्रमका प्रमुख अतिथि समेत रहुन भएका अध्यक्ष बस्यालले भन्नु भयो–‘देशको ५० प्रतिशत भन्दा बढी हिसा ओगेटका हामी युवाहरु आफैमा समाज र राज्यप्रति जिम्मेवारी बन्दै समृद्ध देश निर्माण लाग्नु पर्छ ।’
जेसीजले नेतृत्व र व्यक्तित्व विकास मात्र होइन, जिम्मेवारी बनाउन समेत सिकाउने बताउँदै अध्यक्ष बस्यालले भन्नु भयो–‘अब पनि हामी युवाहरुले यो देशको जिम्मेवारीलाई बहन नगर्ने हो भने समृद्ध देश निर्माणको कल्पना गर्नुको कुनै अर्थ रहँदैन ।’
जेसीजले सञ्चालन गरेको युवा जनजागरण अभियानका बारेमा स्पष्ट पार्दै अध्यक्ष बस्यालले युवाहरुलाई व्यवसायिक बन्दै समाज र राष्ट्रप्रतिको जिम्मेवारीलाई बहन गर्न आग्रह गर्नु भयो ।
धनगढी जेसीजका अध्यक्ष यज्ञराज ओझाको सभापतित्वमा सम्पन्न कार्यक्रममा नेपाल जेसीजका कार्यकारीणी उपाध्यक्ष अशोक शंकर, महासचिव श्रीराम पौडेललगायतले अभियानका बारेमा जानकारी दिनु भएको थियो । कार्यक्रममा शाखाका पूर्व अध्यक्षह रु यादव प्रसाद भट्ट, सुनिल श्रेष्ठ, गोपलप्रसाद आचार्य, भवानीदत्त जोसी, दलबहादुर ओली, सिनेटर कृष्णबहादुर बोहोरा, छिमेकी शाखाहरु कर्णाली जेसीजका अध्यक्ष राजेन्द्रबहादुर शाह, लम्की जेसीजका अध्यक्ष रामबहादुर बोगटी, नारायणपुर जेसीजका अध्यक्ष हिरादत्त भट्ट, लम्की लेडी जेसीजकी अध्यक्ष देवकी कार्की, अछाम जेसीजका अध्यक्ष खेमराज ढुङ्गाना, डोटी जेसीजका अध्यक्ष हेमराज जोसी, जोसीपुर जेसीजका अध्यक्ष विरबल विक, फुलबारी जेसीजका अध्यक्ष विरसिंह महरा, डढेलधुरा जेसीजका अध्यक्ष उत्तर विष्ट, रामनगर जेसीजका अध्यक्ष भोजराज चापागाई, धनगढी लेडी जेसीजकी अध्यक्ष दिप्ती शाही, टिकापुर जेसीजका अध्यक्ष लालकेस जैसीलगायत १ सय ५० भन्दा बढीको सहभागिता रहेको थियो ।कार्यक्रम संयोजक एवम् कार्यकारीणी उपाध्यक्ष श्माय पाठकले स्वागत गरेको कार्यक्रमको सञ्चालन कार्यवाहाक महासचिव सत्यराज जोसीले गर्नु भएको थियो । शाखा अध्यक्ष यज्ञराज ओझाले सहभागी सम्पूर्णलाई धन्यवाद सहित कार्यक्रमको समापन गर्नु भएको थियो ।