उर्लाबारी, ९ भदौ । मोरङको उर्लाबारी–८ खाइबा चोकस्थित गणेश महाराजी थान मन्दिरको चौंथो साधारणसभा शनिबार सम्पन्न भएको छ ।
सभामा जग्गादाता स्वर्गीय नारायणबहादुर थापालाई मरणोपरान्त सम्मान गरिएको छ । स्वर्गीय थापाका छोरा भुपाल थापालाई सम्मानपत्र प्रदान गरिएको हो ।
त्यसैगरी सो सभामा सहयोगदाता बलबहादुर राईलाई पनि सम्मानपत्र प्रदान गरिएको छ । उहाँहरुलाई सभाका प्रमुख अतिथि उर्लाबारी नगरपालिकाका प्रमुख खड्ग फागोले सम्मानपत्र प्रदान गर्नुभएको थियो ।
मन्दिर व्यवस्थापन समितिका अध्यक्ष बखतबहादुर भुजेलको सभापतित्वमा भएको सो सभामा नगरपालिकाकी उपप्रमुख लक्ष्मीदेवी भण्डारी, वडाध्यक्ष कुलबहादुुर कार्कीलगायतले बोल्नुभएको थियो ।