• डम्बर सिन्चिउरी
    लेटाङ ,९भाद्र- मोरङको लेटाङ अाठ स्थित मंगलबारे बजारमा निर्माण सम्पन्न भएको कालो पत्रे सडक अाज एक अौपचारिक कार्यक्रमको अायोजना गरी उद्घाटन गरिएको छ ।
    गत वर्षको फाल्गुण १३ गते शुरू गरिएको उक्त कालोपत्रे सडकको गत असार २५ गते नै निर्माण सम्पन्न भएको थियो । अार्थिक वर्ष अन्तको व्यस्तता साथै वर्षा याम लगायत विविध कारणको व्यस्तताले गर्दा नै अाज मात्रै सडको अौपचारिक उद्घाटन गरिएको निर्माण समिति का अध्यक्ष कुबेर प्रसाद पौडेलले जनाएका छन्। बजार परिसर र जाँते पथरी सडक खण्डको केही भाग सहित गरि जम्मा ७८०मिटर लम्बाई रहेको उक्त सडक नगर पालिका र जनता सँगको संयुक्त लगानिमा निर्माण सम्पन्न गरिएको हो । उक्त सडक निर्माणकार्यमा नगरले ७५ लाख लगानि गरेको थियो भने स्थानिय को २४ लाख ६१ हजार ५८५ गरि ९९ लाख ६१ हजार ५८५ कुल लागत रहेको स्थानिय वडाध्यक्ष भिम पोख्रेलले वताएका छन्।
    तत्कालिन जाँते गाऊँ विकास समिति लाई सहित समेटेर लेटाङ नगर पालिका बनेको एक बर्ष पनि नवित्दै निर्माण गरिएको यो कालोपत्रे सडक जाँतेकै पहिलो कालोपत्रे हो । यो सडक निर्माण भए पछि भने बजारको मुहारै फेरीदिएको भन्दै स्थानिय यामनाथ सुवेदीले खुसी व्यक्त गरेका छन्। उनका अनुसार यश भन्दा अघि जाँते बजार घुम्न अानेले फोहोर र हिलोकाकारण निकै दिक्क मान्थे ,भने यो बर्षायाममा स्थानिय शिवालय मन्दिर दर्शन गर्न अाउने लगायत बजार का व्यापारीले समेत खुसी व्यक्त गरेका छन्।
    यसैगरी पहिलो वजेट बाटै यति सडक निर्माण गरियो भने अबको बजेट बाट जाँतेमा रहेका थुप्रै सडक कालोपत्रे हुने र त्यसका लागि योजना बनिरहेको नगर प्रमूख शंकर राईले वताएका छन्। उहाँका अनुसार जाँते पथरी सडकको लागि तीन करोड रकम परीसकेको तर त्यति रकमले मात्र सडक कालोपत्रे नहुने र त्यसका लागि प्रदेश देखि संघको समेत ध्यानाकर्षण गरिरहेको वताईएको छ ।
    साथै उक्त उद्घाटन समारोहलाई सम्बोधन गर्ने क्रममा मेयर राईले करका केही दायरा बढेपनि कर भने अन्यत्र भन्दा लेटाङमा कमि नै रहेको, यदि कुनै बस्तुमा बढि छ ,भने पनि त्यस्लाई नगरले पुनर्विचार गरिने वताएका छन्। यसैगरी सोही अवसरमा मेयर राईले नगरपालिकाले यसै अार्थिक वर्ष नगरका पदाधिकारी लगायत जनप्रतिनिधिहरूलाई गाडि खरिद गर्न छुट्याइएको करिव ६५ लाख वजेट लाई नगरभित्रका गरिब जनताका घरमा छाइएका फुसको छाना हटाउन खर्चिने वताएका छन् ।

    स्थानिय वडाकार्लय को सभाहलमा अौपचारिक कार्यक्रम सन्चालन गरिएको भए पनि सडकको उद्घाटन भने सडकमै अाएर सडकमा वारिपारी टाँगिएको रिवन मेयर द्वारा काटी उद्घाटन गरिको हो । कार्यक्रममा निर्माण समिति सचिव अोम प्रकाशले निर्माण प्रतिवेदन प्रस्तुत गरेका थिए ।
    सडक निर्माण समितिका अध्यक्ष कुबेर प्रसाद पौडेल को सभापतित्वमा सम्पन्न समारोहमा नगर प्रमुख शंकर राई प्रमुख अतिथि हुनुहुन्थ्यो । उप मेयर कृष्ण कुमारी निरौला विशिष्ट अतिथी रहेको समारोहमा स्थानिय राजनितीक दलका प्रतिनिधि साथै विभिन्न संघ संस्थाका पदाधिकारीहरूको समेत उपस्थिति रहेको थियो ।कार्यक्रममा अतिथि हरूले सडक को स्थाइत्व को शुभकामना दिनुका साथै निर्माण समिति लाई धन्यवाद सहित ज्ञापन गरेका थिए । समारोहमा उपस्थित महानुभावहरूलाई समितिका सचिव अोम प्रकाश लिम्बूले स्वागत गरेका थिए, भने समारोह स्थानिय पत्रकार प्रशान्तजंग निरौलाले संचालन गरेका थिए ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…