• उर्लाबारी÷पूर्वी मोरङको उर्लाबारीका उद्योगी ब्यापारीहरू यति बेला ३० औं वार्षिक साधारण अन्तरगत सोमबार हुने निर्वाचनमा मतदान गर्न आतुर छन् ।  यो निर्वाचनले नयाँ ३ वर्षका लागि नयाँ नेतृत्व चयन गर्दैछ ।

    चुनावमा झण्डै २ हजार ३ सय ब्यापारीले नयाँ नेतृत्वको चयनका लागि मतदान गर्दैछन् । निर्वाचनमा दुई वटा राजनीतिक दल निकट ब्यापारीहरू  गठबन्ध बनाएर चुनावी अभियानमा लागेका छन् । खासगरी कांग्रेस निकट ब्यापारीले संघीय समाजवादी फोरम र लिम्बूवान पार्टीलाई साथ लिएर लोकतान्त्रिक गठबन्धन बनाएको छ ।

    यस्तै नेकपा निकट ब्यापारीले राष्ट्रिय प्रजातन्त्र पार्टीसँग मिलेर प्रगतिशील गठबन्धन बनाएको छ । यद्यपि राप्रपा निकट ब्यापारीहरूको गठबन्धन भने धरापमा परिसकेको छ । राप्रपा निकट ब्यापारी धर्म शाक्य अध्यक्षमा उठेपछि टाउको बिनाको गठबन्धन बोकेर साझा गठबन्धन भोट मागिरहेको छ ।

    यता साझा गठबन्धनका उम्मेदवारहरू लोकतान्त्रिक गठबन्धनले जनप्रतिनिधिलाई सँगै लिएर भोट मागेको भन्दै रोइलो गर्न थालेका छन् । तर प्रदेश सभा सदस्य कुलप्रसाद साम्वा भने दुई दिन यता साझा प्यानललाई जिताउन कम्मर कसेर लागेको बुझिएको छ । नगरको मेयर जनप्रतिनिधि  भएकोले ब्यापारीको चुनावमा भोट माग्न नमिल्ने तर  उप मेयर लक्ष्मीदेवी भण्डारी र प्रदेश सभा सदस्य साम्वाले चुनावमा लविङ गर्दा  सहयोग हुने साझा गठबन्धनको हठ सतह मै आएको छ । समाचार स्रोत भन्छ– प्रदेश सभा सदस्य साम्वा पछिल्लो पटक संघीय समाजवादी र लिम्बूवानका नेतासँग समेत सहयोग माग्न पुगिसक्नु भएको छ । साम्वाले संघीय समाजवादीका स्थानीय नेतासँग संघीय सरकारमा भएको गठबन्धनलाई समेत जोडेर साझा गठबन्धनलाई मत मागेको बुझिएको छ ।

    समाचार स्रोत भन्छ –शनिवार राति र आइतबार दिउँसो पटक पटक राप्रपा निकट उम्मेद्वारको ठाउँमा संघीय र लिम्बूवानका उम्मेद्वारलाई जिताउने सर्त साझा गठबन्धनका नेताहरूले राखेको बुझिएको छ । राप्रपा निकट धर्म शाक्य समेत आफ्नो पराजय निश्चित हुने बुझेपछि अनिर्णयको बन्दी बन्नु भएको छ । शाक्य चौथो पटक चुनाव लड्दै हुनुहुन्छ । एक पटक चुनाव जितेपछि नया पुस्तालाई अबसर नदिएको भन्दै उहाँको प्रस्तावक र समर्थक बसेका हरूनै शाक्यलाई भोट नदिने पक्षमा रहेको बुझिएको छ ।

    लोकतान्त्रिक गठबन्धनका उम्मेद्वार प्रीतम खड्गी यो पटक जितको नजिक पुग्नु भएको छ । एक कार्यकाल चिट्ठा परेर चुनाव जित्दैमा साझाका उम्मेद्वा चन्द्र भट्टराईमा एकाएक दम्भ बढेको ब्यापारीह्रूको भनाई छ । एक ब्यापारीले भने– अग्रजले गरेको काम उनले बिर्सिएछन् । बनिसकेको घरमा रंग रोगन लगाउँदैमा संसार पल्टाएँ भन्ने दम्भ उनमा  देखिएको छ । उनले थपे सधैं उनी मात्र अध्यक्ष बनिरहने हो भने नयाँ पुस्ताको पालो कहिले आउने । भट्टराई अध्यक्ष भएसँगै बिदेश भ्रमण र रमाइलो घुमफिरमा सङ्घको ठूलो धनराशि खर्च भएको एक थरी ब्यापारीको भनाई छ । तथ्याङ्क भन्छ–गत आवमा ४० हजार रुपियाँ भ्रमण खर्च हुने अनुमान गरिएको थियो । तर यथार्थमा ६६ हजार रुपियाँ खर्च भएको छ ।त्यस्तै मर्मत खर्च २० हजार हुने अनुमान गरिएकोमा ३३ हजार ४४२ रुपियाँ खर्च भएको छ । अनुमान भन्दा बढी  खर्च गरेर रंग रोगन लगाएकै भरमा मतदान गर्न नसकिने ब्यापारीहरू बताउँछन् ।

    त्यति मात्रै होइन , साझा गठबन्धनले संघको कार्यालय भवन सहितको तस्विर राखेर प्रतिवद्धता पत्र छापेर बाढेको विषय समेत यतिबेला चर्चामा छ । ब्यापार संघ साझा हो । तर साझा गठबन्धनले संघ कब्जा गरेको आषय दिएर प्रतिबद्धता पत्र छापेको छ एक ब्यापारीले भने । लोकतान्त्रिक गठबन्धनले आफ्नो समावेशी टिम जित नजिक पुगेकोले साझा गठबन्धन आत्तिएको जनाएको छ ।लोकतान्त्रिक गठबन्धनले अध्यक्षमा प्रितम खड्गी, वरिष्ठ उपाध्यक्षमा बिनोद न्यौपाने, वाणिज्य उपाध्यक्षमा सगीता अधिकारी, उद्योग उपाध्यक्षमा अरुणकुमार अग्रवाल,महासचिवमा हेमराज गुरुङ,उद्योग सचिवमा प्रदीप खनाल,वाणिज्य सचिवमा नेत्र आपागाई र कोषाध्यक्षमा देवीबहादुर सुवेदी उम्मेद्वार हुनुहुन्छ । यस्तै सदस्यको उम्मेद्वारहरूमा सञ्जय शर्मा,निर्मला चौहान,कृष्राज गिरी,टिङ्कु गिरी र कुसुम राई रहेका छन् ।

    लोकतान्त्रिक गठबन्धनले लेखा संयोजकमा दोर्ण अधिकारी, सुरेश राई र दीपक गहतराजलाई उम्मेद्वार बनाएको छ । अनुभवी, ब्यापारीको दु ख सुख बुझेका र संघलाई नयाँ उचाइमा पु¥याउन सक्ने टिम भएकोले लोकतान्त्रिक टिमले चुनाव जित्ने निश्चित भएको ब्यापारीहरूको भनाइ छ ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…