उर्लाबारी÷उर्लाबारी उद्योग वाणिज्य संघको निर्वाचनमा सर्वाधिक चर्चाको सूचीमा रहेका उम्मेद्वार हुन् ,हेमराज गुरुङ । लोकतान्त्रिक गठबन्धनबाट उम्मेद्वार बनेका गुरुङ विचार र आस्था भन्दा माथि उठेर सामाजिक काम गर्छन् । उनले भने आस्था आफ्नो ठाउँमा छ । समाजसेवा आस्थाका आधारमा हुँदैन ।
साँच्नी नै उपचार अभावबाट छटपटाएका विरामीलाई उनले कहिल्यै दल सोधेका छैनन । न त उनी सहयोगका लागि आएकाहरूसँग कुन चिन्हमा भोट हाल्नु हुन्छ ? भनेर सोध्छन । गुरुङ सामाजिक अभियन्ता समेत हुन् । उनले उज्यालो राजघाट अभियानलाई सफल बनाएका छन् । सौर्य बत्ती जडान गर्ने बेलामा पनि उनले दल सोधेनन । आवश्यकताको सिद्धान्तमा आधारित भएर उज्योलो अभियान चलाए । उनी भन्छन्–‘जे जति काम गरेको छु ,सबैले स्यावास भन्नुभएको छ । सबैको जाति हुन नसकेपनि कसौ लागि नजाति हुने गरी उनले केही काम गरेका छैनन । उनको यही सामाजिक उचाईले नै उनलाई उर्लाबारी उद्योग वाणिज्य संघ महासचिवको उम्मेद्वार बनाएको हो ।हामीले सोध्यौं , किन लोकतान्त्रिक गठबन्धनबाट उठ्नु भयो ? स्वतन्त्र उठ्नु भएको भए हुन्थ्यो नि ? उनले हाँस्दै जवाफ फर्काए–‘विचारका आधारमा लोकतान्त्रिक नै हुँ । तर काम गर्ने ठाउँमा पुगेपछि आस्थाको कोटलाई प्रवेशद्वारमा राखेर भित्र छिर्छु र गैर दलीय चरित्र बनाएर काम गर्छु । उनले अर्काको बिरोध गरेर भन्दा आफुले राम्रा काम गरेर ब्यापारीको मन जित्नुपर्ने तर्क अघि सार्दै भने –चुनाव हो जीत हार अवस्य हुन्छ । तर पराजित हुन्छु भन्ने लागेको छैन ।
हेमराज पेशाले सुन ब्यावसायी हुन् । पछिल्लो समय माग अनुसार सुन किन्न नपाउँदा ब्यावसाय धरापमा परिरहेको सन्दर्भ अघि सार्दै उनले भने –ब्यावसायीले बजार माग अनुसार सुन खरिद गर्न पाउने वातावरण तयार। गर्न समेत लविङ गर्छु ।
उर्लाबारी–८ दुर्गापुरीमा तमु सुनचाँदी पसल सञ्चालन गर्दै आएका गुरुङ समग्र उर्लाबारीका उदयीमान ब्यावसायी हुन् । उनी पछिल्लो समय आधा दर्जन उद्योग ब्यावसायमा संलग्न छन् । उर्लाबारी, दुर्गाबारी र मंगलबारे बजार क्षेत्रमा रोजगार सिर्जना हुने खालका ब्यापार र उद्योग खोल्न उनी क्रियाशील छन् । उर्लाबारी –८ मा मत्स्य पर्यटनको विकास गर्न सके १ हजार रोजगार सिर्जना हुने उनको भनाई छ । उनले थपे –मत्स्य पर्यटनका लागि स्थानीय सरकार र सहकारी संस्थाहरू बीच सहकार्यको आवस्यकता छ ।
गुरुङसँग मिसन मात्र होइन भिजन पनि छ । उनी भन्छन –एक गाउँ एक उत्पादन अन्तरगत उर्लाबारीका दिनवटा स्थान मंगलबारेमा मह,उर्लाबारीमा च्याउ र दुर्गापुरीमा माछाको जोन स्थापना गर्न सकिन्छ । यसले समग्र उर्लाबारीलाई राष्ट्रिय पहिचान दिलाउन सक्छ ।
गुरुङको लोकप्रियता कै कारण मतदाताहरू मत दिन आतुर रहेको बताउँछन् । दुर्गापुरीका मात्र होइन, मङ्गबारेका मतदाता समेत गुरुङ सम्भावना बोकेका उद्योगी भएकोले उनैलाई मतदान गर्ने बताउँछन् । मङ्गलबारेका एक उद्योगीले भने– हेमराज कुन समूहका उम्मेद्वार हुन,मलाई थाहा छैन्। पार्टीले कारबाही गरे गरोस तर म मेरो भोट गुरुङलाइ दिन्छु । मङ्गबारेबाट गुरुङलाई राम्रो समर्थन रहेको विपक्षीहरूले समेत स्वीकारि सकेका छन् ।
हाम्रो मान्छे होइन राम्रो मान्छे छानौं भन्ने गुरुङको अभियानलाई सबैले साथ दिएको ब्यापारीहरूको भनाई छ ।