उर्लाबारी,११ भदौँ । मोरङको उर्लाबारी नगरपालिका वडा नं. ६ का वडा सदस्य सचिन शाक्य पक्राउ परेका छन् । आइतबार राती ११ बजे उर्लाबारी–४ बाट शाक्यलाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय उर्लाबारीका प्रहरी निरीक्षक रामप्रसाद तिमल्सिनाले आज जानकारी दिनुभयो ।
मोरङ–११ मा आवद्ध फुटबल खेलाडी २७ वर्षीय विशाल तामाङमाथि छुरा प्रहार गरी शाक्य फरार रहेका थिए । ४० वर्षीय शाक्यलाई जिल्ल अदालत मोरङमा ज्यान मार्ने उद्योग अन्तरगत मुद्दा चलाइएको छ । उर्लाबारी–५ स्थित एरोमा होटलमा गत असार ७ गते शाक्यले छुरा प्रहार थिए । उर्लाबारी जेसिजका अध्यक्ष समेत रहेका शाक्य निर्माण व्यवसायी पनि हुन् ।