• रूपेन्द्र शेर्मा
    उर्लाबारी, ११ भदौ ।
    पूर्वी मोरङको व्यापारीक वृत्तमा सर्वाधिक चासोको बिषय रहने उर्लाबारी उद्योग वाणिज्य संघको निर्बाचनका लागि अहिले मतदान भइरहेको छ । संघको ३० औं साधारणसभाअन्तर्गतको निर्बाचनमा मतदान भएको हो । संघकै कार्यालयमा भएको मतदानका लागि चारवटा बुथको व्यवस्था गरिएको छ । कुल १६ पदका लागि ३४ जनाको उम्मेदवारी परेको छ । संघमा एक हजार आठ सय ७६ जना मतदान छन् ।
    संघको अध्यक्ष पदका लागि नेपाली कांग्रेस, संघीय समाजवादी फोरम र संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चनिकट संघीय लिम्बुवान मिलेर बनेको लोकतान्त्रिक गठबन्धनका प्रितम खड्गी, कम्युनिष्ट र राप्रपा मिलेर बनेको साझा उम्मेदवार चन्द्रबहादुर भट्टराई ‘भरत’ र स्वतन्त्र उम्मेदवार धर्मराज शाक्यको उम्मेदवारी परेको छ ।
    बरिष्ठ उपाध्यक्षमा लोकतान्त्रिकका विनोद न्यौपाने र साझा गठबन्धनका इन्द्रबहादुर भट्टराईबीच प्रतिस्पर्धा भएको छ । उद्योग उपाध्यक्षमा अरुण अग्रवाल र यमलाल रसाइली, वाणिज्य उपाध्यक्षमा संगिता अधिकारी र शेरबहादुर भण्डारी, महासचिवमा हेमराज गुरुङ र रामबहादुर थापा, उद्योग सचिवमा प्रदिप खनाल र सम्झना खतिवडा, वाणिज्य सचिवमा नेत्र आपागाई र तारा श्रेष्ठ, कोषाध्यक्षमा देवीबहादुर सुवेदी ‘सानु’ र सुनिल बोहोराले उम्मेदवारी दिनुभएको छ ।
    संघको चार सदस्य पदका लागि कृष्णराज गिरी, कुशुम राई, टिङ्कु गिरी, निर्मला चौहान, सञ्जय शर्मा, डिल्लीराम खतिवडा, यत्रबहादुर बस्नेत, युगल राई, योगेन्द्रकुमार निरौला र शंकर थपलियाको उम्मेदवारी परेको छ ।
    त्यसैगरी लेखा संयोजकमा दोर्ण अधिकारी र केदार रिजालको उम्मेदवारी परेको छ । दुई लेखा सदस्य पदका लागि दिपक गहतराज, सुरेश राई, जंगबहादुर कार्की, विनिता दाहाल र प्रकाश भट्टराईको उम्मेदवारी परेको छ ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…