• रातोकलम अनलाइन,
    क्वालालम्पुर,भदौ-११

    नेपाल आदिवासी जनजाती महासंघ राष्ट्रिय समन्वय समिति मलेसियाले आयोजना गरेको २४ औं विश्व आदिवासी दिवस तथा आफ्नो छैटौं बार्षिक उत्सव कार्यक्रम भब्यताका साथ सम्पन्न भएको छ।
    मलेशियाको राजधानी क्वालालम्पुर स्थित द-फाइभ एलिमेन्ट होटलमा आयोजना गरिएको उक्त कार्यक्रमको प्रमुख अतिथि नेपाली राजदुतावास मलेसियाका द्धितिय सचीव बिनोद मुखिया रहनु भएको थियो।

    विशेष अतिथिमा नेपाली ब्यवसायी समाज मलेसियाको सह-सचीव बिपिन राइ र अतिथिहरु आदिवासी जनजाती पत्रकार महासंघ (फोनिज) शाखा मलेसियाको अध्यक्ष दीपक सुनाखरी मगर ,प्रवासी थारु सेवा समाज मलेशियाका अध्यक्ष मनिराम थारु,नेपाल् मगर संघ मलेसियाका सह-कोषाध्यक्ष बिना मगर,तामाङ समाज मलेसियाको सह-कोषाध्यक्ष मिङ्खु तामाङ,किरात राई यायोक्खाका प्रतिनिधि रहेका थिए।

    आर.पि.चौधरी द्वारा संचालित उक्त कार्यक्रमको उद्घाटन कार्यक्रमका प्रमुख अतिथि र महासंघका अध्यक्ष पिटि शेर्पा पिनासाले संयुक्त रुपमा दिप प्रज्वलन गरेर कार्यक्रम लाइ औपचारिकता दिएका थिए।भने स्वागत मन्तव्य महासंघका उपाध्यक्ष तथा सञ्चार बिभाग प्रमुख घनश्याम चौधरी उर्फ आर एन चौधरी थारुले राख्नु भएको हो।

    अन्तर्राष्ट्रिय आदिवासी जनजाति दिवस र बार्षिक उत्सवको अवसर पारेर मलेसियाको कार्य अवधी समाप्त भइ स्वदेश फर्की सकेका कार्य समितीहरुको स्थानमा महासंघ मलेसिले रिक्त रहेको पद लाइ पदपूर्ति गरी पुर्णता दिएको छ।पदपूर्तिको क्रममा क्रमश:उपाध्यक्ष आर एन चौधरी थारु वरिष्ठ उपाध्यक्षमा , सदस्य आर.पि.चौधरी उपाध्यक्षमा ,सदस्य सबिन लोप्चन तामाङ महासचिवमा, सह-कोषाध्यक्ष राजेन्द्र वाइबा तामाङ कोषाध्यक्षमा,सदस्य साइली तामाङ (सन्जना) सह-कोषाध्यक्षमा र नयाँ सदस्यहरुमा फुर्बा दोर्जे मोक्तान तामाङ ,अमिर लोप्चन लगायत लाई कार्यसमितिले चयन गरेको हो।

    विभिन्न जातीय संघसंस्थाहरुको नृत्य प्रस्तुति संगै कार्यक्रमको सभापति पिटि शेर्पा पिनासा,प्रमुख अतिथि बिनोद मुखिया ,अतिथीहरु दिल केरुङ लिम्बू , जीवन देवान गाउँले,प्रेम पाण्डे लगायतले सुभकामना मन्तव्य राखेका थिए। भने १ बर्षको कार्यबधी भित्र महासंघ मलेसियालाई पुर्याएको योगदानको कदर एबम सम्मान गर्दै समाजसेवी,पत्रकार,कलाकार,खेलाडीहरु लाइ समितिका पदाधिकारीहरुले खादा अर्पण गर्दै प्रसंशा पत्र ले सम्मान गरेको थियो।

    [caption id="attachment_24448" align="alignright" width="720"] ढोल नाच[/caption]

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…