• विराटनगर, ११ भदौ ।
    प्रदेशको नाम लिम्बुवान राख्नुपर्ने माग राख्दै विराटनगरमा प्रदर्शन भएको छ । एक नम्बर प्रदेशको नाम अन्तिम टुङ्गो लगाउनको लागि बिभिन्न समयमा प्रदेश सरकारका मन्त्रीहरुबाट आएको अभिब्यक्तिसँगै पहिचानका नारा लिएर अघि बढ्दै पार्टी तथा संघ संस्थाहरु बिभिन्न नाम लिएर बाहिर देखिन थालेका छन् । एक नम्बर प्रदेशका बिभिन्न जिल्लाबाट आएका ब्यक्तिहरुले एक नम्बर प्रदेश सभा अगाडी प्रदर्शन गर्दै मुख्यमन्त्री शेरधन राईको राजीनामा माग गरे ।
    यस अघि पनि लिम्बुवान पदेशको माग गर्दै आन्दोलनमा रहेको लिम्बुवान पार्टीले सरकारले माग सम्बोधन न गरे आन्दोलनमा जाने चेतावनी दिईसकेको छ । करिब ४० वटा गाडीमा विराटनगर आएका लिम्बुवान समर्थकहरु बजारमा मार्चपास गर्दै अस्पताल रोड पुगेका थिए । सुरक्षाकर्मीहरुले उनीहरुलाई अस्पताल मोडमै रोकेको थियो ।प्रदर्शनमा सहभागीहरुले प्रदेश एकको नाम लिम्बुवान राख्नुपर्ने, बढ्दो महँगी रोक्नुपर्ने र कर्मचारीले समेत नटेर्ने मुख्यमन्त्री शेरधन राईले राजीनामा दिनुपर्ने माग गरेका छ्न । यसअघि किरात राईहरुले प्रदेश १ को नाम किरात राख्नुपर्ने माग गर्दै आएका थिए । प्रदेश १ को नाम सगरमाथा, कोशी या किरातमध्ये एक राख्नेबारेमा चर्चा चलिरहेका बेला लिम्बुवानको माग पनि अघि आएको हो ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…