११ भाद्र, पथरी
भीमराज अधिकारी
बजारको फोहोर सफाइ गरेर गाउँको बाटोमा खाल्डा पुरिएको छ । मोरङको रतुवामाई १० सोमबारे बजारको नालीमा रहेको फोहोर लगेर छेवैको मध्यमार्गी बाटाका खाल्डा पुरिएको छ । केही समय अगाडी नगरकै लगानीमा सफाइ गरिएको फोहोर लगेर स्टक गरिएको गिटीको छेवैमा राखिएको थियो अहिले सोही फोहोर लेदो सहितको गिटीले बाटाका खाल्डा पुरिएको स्थानियले बताएका छन् ।
बाटामा सिसा संगै मधुका खोल, प्लास्टीक जस्ता फाहोर बस्तु फेला परेपछि एकपटक वडामा पनि जानकारी गराएको तर वडाले चासो नदिएको स्थानियले नाम उल्लेख नगर्ने सर्तमा बताएका छन् । उनले अगाडी थपे स्थानीय बिदुर बस्नेतले नगर प्रमुखसंग माग गरेर केही रकम ल्याएको अरे भन्ने सुनेको छु तर कति के ल्याएको भन्ने थाहा छैन् । मैले आफैले पनि फुटेका सिसा टिपेर खाल्डामा पुरेको अझै छ ति स्थानियले बताएका छन् ।
यो बाटो मर्मत गरेकामा स्थानिय रुकमणि दाहाललाई पनि चित्त बुझेको छैन् । सुरुमा त ठिकै थियो बाटो पुरे राम्रै त होला भनेको तर पछि थाहा भयो बजारको फोहोर जति यहाँ ल्याएर लगाएछन् । नालीमा भएको सिसा, ब्लेड, मधु गुट्खाका खोल सबै यहीँ छन् । स्थानीय धरणि साप्कोटाका अनुसार ढलमा पाइने फोहोर घर घरमै पाइएको छ । उनि भन्छन् गाउँमा बस्ने मान्छे कहिले खालि खुट्टा हिड्न पर्छ त कहिले राति अध्यारामा हिड्न पर्छ कतिखेर खुट्टा काट्ने हो टुङ्गो भएन ।
स्थानीय झमक भट्टराई पनि घरमा नभएका बेला हालेकाले आफलाई के ल्याएर कस्ले हहाले थाहा भएन तर पछाडी थाहा भयो नालीको गन्धे फोहोर पो ल्इाएर हालेछन् । स्थानीयहरु भन्छन् हेर्दा सिसा टल्कीन्छ एकजनाले स्थानीयले त बिएरका फुटेका टुक्रा भेटेर टिपेर फालेको बताए । उनिहरुले भनेका छन् हामी विकास विरोधी हैनौ तर विकासका नाममा यस्तो फोहोर हाल्नु भन्दा नहालेकै बेस हुन्थ्यो ।
यो बाटामा हिड्दा दैनिक जसो साइकल पम्चर हुने बिद्यार्थीहरुले बताएका छन् । एक हप्ता पनि नभइ ३ पटक सम्म साइकल पम्चर भएको ति विद्यार्थीले बताए । आफ्नो घर अगाडीको बाटो बन्छ भने बिरोध गर्ने कुरा आउदैन तर यस्तो काम गरेपछि बोल्न बाध्य भएको उनिहरुको भनाइ छ ।
यस विषयमा वडा कार्यालयमा बुझ्दा आफुलाई यस विषयमा केही थाहा नभएको वडा अध्यक्ष टंक ढकालले बताए । कहिले नगरपालिकाले काम गर्छ कहिले आफैले पनि काम गर्ने गरेका छन् यस विषयमा आफुलाई सबैकुरा थाहा नभएको ढकालले बताए । आफुलाई थाहा भएपछि अनुगमन गर्दा सामान्य फोहोर भएको तर त्यत्रो आपत नै मान्नुपर्ने नभएको भन्दै उनि पन्छिएका छन् ।
यता बाटाका खाल्डा खुल्डी पुर्ने व्याक्ति विदुर बस्नेतसंग फोन सम्पर्क हुदाँ स्कुले बस पनि जान नसक्ने भएकाले राष्ट्रनिर्माण बोर्डिङसंग सहकार्य गरेर खाल्डा खुल्डी पुरेको बताएका थिए । काम गर्दा गल्ती भएको तर सोमबार आएर हेरिदिनुस हामी सबै फोहोर पुरेर सफा पार्ने बताएका थिए । सोमबार सोही स्थानमा पुगेर सम्पर्क गर्दा आउन नसक्ने भन्दै पन्छिएका छन् । बाटाको फोहोर हट्नुको सट्टा त्यहाँका ढुङ्गाहरु टिपेर लगिएको छ । यता राष्ट्रनिर्माण बोर्डिङ स्कुलका प्रमुख विश्वास ढकालसंग पनि सम्पर्क हुन सकेन । शनिबार ढकालसंग सम्पर्क गर्दा उनले त्यो समाचार लेख्न पर्दैन भन्दै संचार माध्यममा आएपनि आफुलाई कुनै असर नपर्ने आसय व्यक्त गरेका थिए । स्थानीयले भने नगर वा वडाकै रकमबाट काम गरेको हुनसक्ने आसंका गरेका छन् ।
बाटामा खाल्डा परेको र पुर्नपर्ने भनेर वडाले सिफारिस पनि गरेको थियो तर यो बाटोका लागि प्राविधिक स्टमेट पनि नभएको र नगरले बजेट पनि विनियोजन नगरेको नगर प्रमुख रबिन राइले बताएका छन् । आफैले बाटो पुरेको भन्ने सुन्नमा आएको तर कसैले आफ्नो खुसीले प्राविधिक स्टामेट बिनै काम गर्छ भने नगरले रकम दिन पर्ने बाध्यता नरहेको पनि राइले बताएका छन् ।