• झापा । सरस्वती मावि बाहुनडाँगीकी पूर्णिमा अधिकारीले अन्तर विद्यालय वक्तृत्वकला प्रतियोगितामा बाजी मारेकी छिन् ।
    बाहुनडाँगी जेसीजले सञ्चालन गरेको जेसीज सप्ताह अन्तरगत सोमवार सम्पन्न अन्तरविद्यालय वक्तृत्वकला प्रतियोगिताको उपाधीमा कब्जा जमाएकी हुन् । उपाधीसहित उनले नगद, प्रमाणपत्र, र पुरस्कार प्राप्त गरिन् । प्रतियोगितामा जनता माविका समिर राई भए      भने तेस्रो विद्या विकास एकाडेमीकी मायादेवी चौहान भए । उनीहरुले समेत नगदसहित विभिन्न पुरस्कार प्राप्त गरे ।
    प्रतियोगितामा मेचीनगरका ७ वटा विद्यालयको सहभागिता रहेको थियो । सोही अवसरमा सरस्वती माविले प्रकाशन गरेको भित्ते पत्रिकाको विमोचन गरिएको थियो ।
    शाखा अध्यक्ष जीवन मोतेको सभापतित्व तथा शाखाका संस्थापक अध्यक्ष एवम् मेचीनगर ४ का वडा अध्यक्ष नविन बरालको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा प्रमुख अतिथि बराल र सरस्वती माविका प्रधानाध्यापक भीम श्रेष्ठले बोले्का थिए । कार्यक्रम संयोजक पुष्कर ढकालले स्वागत गरेको कार्यक्रमको सञ्चालन महासचिव सागर कार्कीले गरेका थिए । शाखा अध्यक्ष जीवन मोतेले सहभागिलाई धन्यवादसहित कार्यक्रमको समापन गरेका थिए । सप्ताह अन्तरगत बुधवार बाहुनडाँगीमा रक्तदान कार्यक्रम रहेको वर्ष २०१८ का संयोजक निकेश दाहालले बताए ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…