• झापा । नेपाल जेसीजले वर्ष २०१८ मा सञ्चालन गरेको साप्ताहिक तालिम अन्तरगत एरिया ‘ए’ को लेटाङ जेसीजको आतिथ्यतामा सोमवार सम्पन्न भएको छ ।
    नेतृत्व विकास तथा सदस्य सवलीकरण सम्बन्धी तालिमको सहजीकरण प्रशिक्षक रमेश अर्याल र मञ्जरी घिमिरेले गरेका थिए ।
    लेटाङ जेसीजका अध्यक्ष मनिष सुर्यमगरको सभापतित्व तथा नेपाल जेसीजका कार्यकारीणी उपाध्यक्ष सिनेटर विकास मानन्धरको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा शाखाका संस्थापक अध्यक्ष ओमप्रकाश श्रेष्ठ, पूर्व अध्यक्ष हिम्मतबहादुर खड्का, बेजेन्द्र श्रेष्ठ, प्रस्तावित रमाइलो जेसीजका अध्यक्ष भीमप्रसाद तिम्सिना, इन्द्रपुर जुनियर जेसीज उत्सव थापा, नेपाल जेसीज तालिमका सचिव प्रल्हाद दाहाललगायतको सहभागिता रहेको थियो कार्यक्रमको सञ्चालन कोषाध्यक्ष सुदेश वस्तीले गरेका थिए ।
    यसैगरी एरिया ‘सि’ अन्तरगत मनोहरा जेसीजमा पनि तालिम सम्पन्न भएको छ । तालिमको उद्घाटन नेपाल जेसीजका कार्यकारीणी उपाध्यक्ष पदमविक्रम सिंहले गरेका थिए । कार्यक्रमको अध्यक्षता शाखा अध्यक्ष सागर भट्टले गरेका थिए । तालिम अन्तरगत मंगलवार एरिया ‘ए’ मा कमलनगर जेसीज र एरिया ‘सि’ मा नाल्दुमनगरकोट जेसीजमा हुने नेपाल जेसीजका तालिम संयोजक अनिलबहादुर शाहीले बताए ।





सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…