काठमाडौँ: बिमस्टेक सम्मेलनको सुरक्षा नेतृत्व सेनाले लिने भएको छ । सरकारले सेना, प्रहरी र सशस्त्र प्रहरी सम्मिलित एकीकृत सुरक्षा प्रणाली निर्माण गरी त्यसको नेतृत्व सेनालाई दिएको हो ।
बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास (बिम्स्टेक) सम्मेलनको आयोजना नेपालले गर्दैछ । बिम्स्टेकलाई प्राथमिकतामा राखेर काठमाडौँलगायतका क्षेत्र सजाउने काम जारी छ । पाहुनालाई आवश्यक सुरक्षासहित आवास स्थलसम्म पु¥याउन पूर्वअभ्यास पनि गरिएको छ ।
सम्मेलनमा नेपाल भारत बङ्गलादेश थाइल्याण्ड श्रीलङ्का, म्यान्मा भुटानका राष्ट्रप्रमुख तथा सरकार प्रमुख सहभागी हुनेछन् ।