• उर्लाबारी, १२ भदौ ।
    उर्लाबारी उद्योग वाणिज्य संघको सोमबार भएको निर्बाचनको मतगणना जारी छ । कुल पाँच सय मत गणना भइसक्दा अध्यक्षमा लोकतान्त्रिक प्यानलका प्रितम खड्गी १४ मतले अगाडि छन् । हालसम्म खड्गीले २४२, साझा प्यानलका चन्द्रबहाखदुर भट्टराई ‘भरत’ ले २२८ र स्वतन्त्र उम्मेदवार धर्मराज शाक्यले ६ मत ल्याएका छन् ।
    संघको वरिष्ठ उपाध्यक्षमा लोकतान्त्रिक प्यानलका विनोद न्यौपानेले २२६ र साझा प्यानलका इन्द्रबहादुर भट्टराईले १९० मत ल्याएका छन् ।
    त्यसैगरी संघको सदस्य पदमा डिल्लीराम खतिवडा ३९९, कुशुम राई ३६१, कृष्णराज गिरी ३४०, योगेन्द्रकुमार निरौला ३२९, यज्ञबहादुर बस्नेत ३१०, शंकर थपलिया ३०५, युगल राई ३०३, सञ्जय शर्मा २६७, टिङ्कु गिरी २५१ र निर्मला चौहानले २४५ मत ल्याएका छन् ।
    त्यसैगरी लेखा संयोजकमा साझा प्यानलका केदार रिजाल ३८० र लोकतान्त्रिक प्यानलका दोर्ण अधिकारीले २८९ मत ल्याएका छन् भने लेखा सदस्यमा विनिता दाहालले ३७५, जंगबहादुर कार्कीले ३१८, दिपक गहतराजले २९६ र सुरेश राईले २७२ मत ल्याएका छन् ।
    यो समाचार तयार पारुञ्जेलसम्म अन्य पदको भने मतपरिणाम सार्वजनिक भएको छैन ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…