• काठमाडौं- नयाँ शक्ति पार्टीका संयोजक तथा पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराईले गाईलाई राष्ट्रिय जनावरको मान्यता दिन नहुने बताएका छन् ।

    प्रतिनिधिसभाको हिजोको बैठकमा डा भट्टराईले सो कुरा बताएका हुन् ।

    उनले धार्मिक समुदायको अधिकारको रक्षा गर्नुपर्ने समेत बताए । एउटै जनावरलाई राष्ट्रिय जनावरको मान्यता दिन नहुने उनको भनाइ छ ।

    स्मरण रहोस २०७२ सालमा जारी भएको संविधानमा भट्टराईले हस्ताक्षर गरेका छैनन् ।

    उनले गत भदौ १ गतेदेखि लागू भएको फौजदारी र देवानी संहितामा भएको त्रुटि सच्याउन सरकारसँग माग गरे ।

    सो क्रममा उनले त्रिपक्षीय सन्धि अनुसार नेपालले नै बेलायतको सेनामा युवाहरुलाई पठाएकाले बेलातयी सेनाका परिवारलाई नेपालको नागरिकताबाट बञ्चित गर्न नहुने जिकिर गरे ।

    ‘हामीले नै त्रिपक्षीय सम्झौता गरेर पढाएका हौ, त्यसैले ब्रिटिश गोर्खाको नागरिकता खारेज हुनुुहुँदैन,’ उनले भने ।

    उनले भूमि राज्यले लिई भोगाधिकार मात्रै नागरिकलाई दिने गरी कानूनी व्यवस्था मिलाउन सरकारसँग आग्रह गरे ।

    उनले १२ कक्षासम्मको शिषा अनिवार्य र निशुल्क तथा विपन्नलाई निशुल्क स्वास्थ्य सुविधा दिने कानून बनाउन माग गरे ।-सार्बजनिक

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…