• भक्तशेर लिम्बू-रातोकलम

    विराटनगर । संघीय लिम्वुवान मञ्चले सोमवार विराटनगर स्थित १ नम्वर प्रदेश कार्यालय अगाडि विशाल प्रर्दशनी र धर्ना दिएको छ ।
    मञ्चको पूर्वघोषित कार्यक्रम अनुशार हजारौंको संख्यामा उपस्थित आन्दालनकारीले प्रदेश कार्यालयको प्रवेशद्धार अगाडि धर्ना दिएका हुन् । २ नम्वर प्रदेशको नामांकन गरेर मात्र १ नम्वर प्रदेशको नामांकन गर्न मञ्चले माग गरेको छ । विभिन्न नाराहरु लेखिएको प्ले कार्ड सहित महिला,वृद्धा,युवाहरुले प्रर्दशनीमा सहभागी हुँदै धर्ना दिएका थिए ।

    धर्ना कार्यक्रमलाई सम्वोधन गर्दै मञ्चका केन्द्रिय अध्यक्ष कुमार लिङ्देनले प्रदेशको नामाकरण लिम्वुवान किरात खम्वुवान हुनुपर्ने जोडदार माग गरेका छन् । प्रदेशको नामाकरण गर्दा सरोकार वालापक्ष लगायत लिम्वुवानलाई वाईपास गरिए प्रदेशसभा कब्जा गरेर लिम्वुवान घोषणा गर्ने चेतावनी दिएका छन् ।

    नेपालमा दुईतिहाई वहुमतको कम्युनिष्ट सरकार फेल हुँदैछ , विदेशीहरुले आदिवासीहरुलाई खुशी बनाउन सक्यौ भने मात्र अनुदान तथा सहयोग दिने भने पछि कम्युनिष्ट सरकार जनतालाई चर्को कर तिर्न वाध्य बनाएको बताएका छन् । प्रदेशमा करको एक रुपता नहुँदा नागरिकहरु बीचमा अन्यौलता सृजना गरेको लिङ्देनले बताए ।

    धर्ना कार्यक्रममा मुश्लिम समुदाय लगायतले ऐक्यवद्धता जनाएका थिए ।
    मञ्चले यसअघि ईटहरी विराटनर मार्चपास लगायतको चरणवद्ध संघर्षको कार्यक्रम गरिसकेको छ ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…