• काठमाडौं । सामाजिक काममा सक्रिय युवा सुन्दर श्रेष्ठले काठमाडौं ३२ कोटेश्वर  स्थित निखिलेश्वर महादेव मन्दिरलाई साउण्ड सिस्टम सहयोग गर्नुभएको छ । मन्दिरमा भजन किर्तन लगायत विभिन्न कार्र्यक्रमको आयोजना गर्दा आवाज सुन्न सजिलो हुनका साथैं कार्यक्रम स्तरीय होस भनेर १८ हजार ५ सय रुपैंया बराबरको साउण्ड सिस्टम श्रेष्ठले सहयोग गर्नुभएको हो । सोमबार एक कार्यक्रमका बिच श्रेष्ठले मन्दिरका अध्यक्ष हंशराज वाग्लेलाई उक्त साउण्ड सिस्टम हस्तान्तरण गर्नुभयो । यसका साथैं श्रेष्ठ उक्त मन्दिरको आजिवन सदस्य समेत बन्नुभएको छ । सामाजिक कामका साथैं धार्मिक काममा पनि तन मन लगाएर सहयोग गर्नुहुने श्रेष्ठ बिभिन्न मठ मन्दिरमा उच्च सहयोग गर्र्दै आउनुभएको छ ।

    उर्लाबारी ९ निवासी श्रेष्ठ आफ्नो कामको शिलशिलामा भक्तपुर बस्नुहुन्छ । कार्यक्रमका प्रमुख अतिथी समेत रहनुभएका श्रेष्ठले धर्मले धार्मिक सहिष्णुताको विकास गर्ने बताउनुभयो । कार्यक्रममा बोल्दैं उहाँले नेपालीहरुमा सबै धर्मको सम्मान गर्ने संस्कार रहेको बताउदैं धर्मले सहि मार्गमा हिडाउन प्रेरित गर्ने बताउनुभयो । मन्दिरका अध्यक्ष वाग्लले श्रेष्ठको सहयोग प्रति आभार प्रकट गर्दै सधै समाजमा यसरी नै श्रेष्ठलाई सहयोग गर्न पुगिरहोस भनेर शुभकामना व्यक्त गर्नुभयो । निखिलेश्वर मन्दिरमा हरेक सोमबार आरति हुने गर्दछ ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…