• झापा ।  नेपाल जेसीजको तालिम सप्ताह अन्तरगत क्षेत्र ‘क’ को कमलनगर जेसीजको आथित्यतामा १ दिने नेतृत्व बिकास तथा जीवन चक्र सम्बन्धि तालिम सम्पन्न भएको छ । तालिमको उद्घाटन नेपाल जेसीजका निर्वतमान अध्यक्ष प्रकाश अधिकारीले गरेका थिए । तालिममा कमलनगरसँगै छिमेकी शाखाहरुवाट ३१ जना प्रशिक्षार्थी सहभागी भएका थिए । नेपाल जेसीजका प्रशिक्षक रमेश अर्याल तथा गोविन्दराज कट्टेलले सहजिकरण गरेका थिए । तालिम समापन कार्यक्रममा नेपाल जेसिजका तालिम निर्देशक अनिल बहादुर शाहि , केदार भण्डारी लगायतको सहभागिता रहेको थियो । कमलनगर जेसीज बर्ष २०१८ का अध्यक्ष केदार कटुवालको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो ।
    यसैगरी, क्षेत्र ‘ग’ अन्तरगत नाल्दुमनगरकोट जेसीजको आथित्यतामा नगरकोटमा सम्पन्न भएको छ । तालिमको उद्घाटन नेपाल जेसीजका राष्ट्रिय कार्यकारीणी उपाध्यक्ष पदमविक्रम सिंहले गरेका थिए । नाल्दुमनगरकोट जेसीजकी अध्यक्ष मञ्जु शाह ठकुरीको अध्यक्षतामा सम्पन्न तालिमको सहजीकरण मन्सा थाइवा श्रेष्ठले गरेकी थिइन् । तालिममा छिमेकी शाखाका अध्यक्षलगायत उल्लेखिय सहभागिता रहेको थियो ।
    तालिम अन्तरगत बुधवार क्षेत्र ‘क’ को सुरुङ्गा जेसीज र क्षेत्र ‘ग’ को भकुण्डेबेसी जेसीजको आथित्यतामा सम्पन्न हुने नेपाल जेसीजका तालिम निर्देशक अनिलबहादुर शाहीले जानकारी दिए ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…