भद्रपुर । भद्रपुरका जेसीजका पूर्व अध्यक्ष रामनाथ वास्कोटाको १३ औं दिनको पुन्य तिथिको अवसरमा भद्रपुरमा श्रद्धाञ्जलीसहित शोकसभा सम्पन्न गरिएको छ ।
भद्रपुर जेसीजका अध्यक्ष शोमप्रसाद ढुङ्गेलको अध्यक्षतामा भद्रपुर १० को वडा कार्यालयमा आयोजित शोकसभामा जेसीजका पूर्व अध्यक्ष प्रदिपमणि रेग्मी, मेची क्याम्पसका प्राध्यापक अरुण भट्टराई, अग्रज पत्रकार गोविन्दचन्द्र क्षेत्री लगायतले जेसीजमा रहँदा वास्कोटाले रहदा समाजमा पुर्याएको योगदानको बारेमा चर्चा गरेका थिए । महासचिव हरीप्रसाद कोईरालाले संञ्चालन गरेको सभामा वास्कोटाको जीवनी माथी डा। द्रोणकुमार पौडेलले प्रकाश पारेका थिए ।
सन् १९८९ मा भद्रपुर जेसीजको अध्यक्षा बनेका वास्कोटा, नेपाल पत्रकार महासंघ झापा शाखाका पूर्व अध्यक्ष, मेची क्याम्पस भद्रपुरका प्राध्यापक भएर जिम्मेबारी पूरा गरिसकेका व्यक्ति हुन् ।