हरि कोइराला
उर्लाबारी १२ भदौ । उर्लाबारी उद्योग वाणिज्य सङ्घको अध्यक्षमा प्रितम खड्गी विजयी हुनु भएको छ ।सोमबार भएको निर्वाचनको मङ्गलबार साँझ अन्तिम परिणाम आएको हो । निवर्तमान अध्यक्ष चन्द्रबहादुर भट्टराईलाई ६७ मतले पराजित गर्दै प्रितम खड्गी ३ वर्षका लागि अध्यक्षमा निर्वाचित हुनुभएको हो । खड्गीले ८४४ मत प्राप्त गर्नु भयो भने भट्टराईले ७७७ मत प्राप्त गर्नुभयो ।
उर्लाबारी उद्योग वाणिज्य संघमा खड्गी र भट्टराई बीच तेस्रो पटक प्रतिस्पर्धा भएको हो । २०६६ मा खड्गीले महासचिव पदमा भट्टराईलाई पाखा लगाउनु भएको थियो , भने तीन वर्ष अघि भएको चुनावमा अध्यक्ष पदका लागि आमने सामने भएका भट्टराईले खड्गीलाई पराजित गर्नु भएको थियो । अध्यक्ष पदका अर्का प्रत्यासी धर्मराज शाक्यले ३३ मत प्राप्त गर्नु भएको छ । शाक्य चौथो पटक अध्यक्षकोे उम्मेद्वार बन्नु भएको हो ।
यस्तै बरिष्ठ उपाध्यक्षमा बिनोद न्यौपाने विजयी हुनु भएको छ । न्यौपानेले इन्द्रबहादुर भट्टराईलाई ९३ मतले पराजित गर्नु भएको हो ।न्यौपानेले ७७७ मत प्राप्त गर्नुभयो । भट्टराईले ६८४ मत प्राप्त गर्नुभयो । यसैगरी उद्योग उपाध्यक्षमा यामलाल रसाइली विजयी हुनु भयो रसाइलीले ८८० मत पाउँदा उहाँका निकटतम प्रतिद्वन्द्वी अरुण अग्रवालले ६९४ मत पाउनु भयो । वाणिज्य उपाध्यक्षमा सङ्गीता अधिकारीलाई पराजित गर्दै शेरबहादुर भण्डारी विजयी हुनुभयो । भण्डारीले ८७० मत र अधिकारीले ७३१ मत प्राप्त गर्नुभयो ।
महासचिवमा रामबहादुर थापा ८३७ मत प्राप्त गर्दै विजयी हुँदा हेमराज गुरुङ ७८७ मत पाउँदै पराजित हुनुभयो ।
उद्योग सचिवमा ८२७ प्राप्त गर्दै सम्झना खतिवडा विजयी हुनुभयो । उहाँले प्रदीप खनाललाई पराजित गर्नुभयो । खनालले ७६९ मत प्राप्त गर्नुभयो । वाणिज्य सचिवमा नेत्र आपागाई विजयी हुनुभयो ।आपागाईले ८६९ मत ल्याउँदा तारा श्रेष्ठले ७२७ मत प्राप्त गर्नुभयो । यस्तै कोषाध्यक्षमा सूनील बोहरा निर्वाचित हुनु भएको छ ।वोहोराले ८३२ मत प्राप्त गर्नुभयो ।बोहोराका निकटत प्रतिद्वन्द्वी सानु सुवेदीले ७३७ मत प्राप्त गर्नुभयो ।
यस्तै सदस्यहरूमा डिल्लीराम खतिवडा(८७०)कृष्णराज गिरी(७४५),निर्मला बास्कोटा चौहान (७६२),यज्ञबहादुर कार्की(६७३) र योगेन्द्र निरौलाले ६९० मत प्राप्त गरी निर्वाचित हुनु भएको छ । सदस्य तर्फ युगल राई (६२५)शंकर थपलिया (६४८)सञ्जय शर्मा (६०६) कुसुम राई (६३०) र टिङ्कु गिरीले (५१२) मत प्राप्त गर्नुभयो । सङ्घको लेखा समिति संयोजकमा केदार रिजार ८३० मत प्राप्त गरी विजयी हुनुभयो । रिजालका प्रतिद्वन्द्वी दोर्ण अधिकारीले ६५१ मत प्राप्त गर्नुभयो । लेखा सदस्यमा जङ्गबहादुर कार्की र विनिता दाहालले क्रमश ७१३ मत र ८२६ मत प्राप्त गर्नुभयो । लेखा सदस्यका उम्मेद्वारहरू सुरेश राई र दीपक गहतराजले क्रमस ६३३ र ६५० मत प्राप्त गर्नुभयो । कुल १ हजार ८ सय ७६ मतदाता रहेको उर्लाबारी उद्योग वाणिज्य सङ्घको निर्वाचनमा १ हजार ७ सय ४३ जनाले मतदान गरेका थिए । सङ्घको नेतृत्वका लागि लोकतान्त्रिक र प्रगतीशिल गठबन्धनका दुई प्यानल प्रतिस्पर्धामा थिए । लोकतान्त्रिक गठबन्धनले अध्यक्ष, वरिष्ठ उपाध्यक्ष ,वाणिज्य सचिव र दुई सदस्य पदमा जित हासिल गरेको छ भने बाँकी पद प्रगतिशील प्यानलले जितेको छ ।