मोरङ । मोरङको उर्लाबारी नगरपालिका ६ बाट चार वर्षीय बालिकालाई अपहरण गरेर लैजाँदै गरेको अवस्थामा सोमबार साँझ एक जनालाई नियन्त्रणमा लिएर स्थानीय बासिन्दाले प्रहरीको जिम्मा लगाएका छन् ।
स्थानीय कमलकुमार घिमिरेकी छोरी कृतिकालाई अपहरण गरेर केही पर पु¥याएपछि झापाको दमक ८ घर बताउने ३० वर्षीय दिनेश कार्कीलाई स्थानीयले नियन्त्रणमा लिएर बुझाएको इलाका प्रहरी कार्यालय उर्लाबारीका प्रहरी निरीक्षक रामप्रसाद तिमल्सिनाले बताए । उनका अनुसार स्थानीयले बालिकालाई अपहरणमुक्त गर्दै घटनामा संलग्नलाई नियन्त्रणमा लिएका हुन् । अपहरण गरेको थाहा नपाएको भए बालिकालाई अपहरणमुक्त गर्न समस्या पर्ने तिमल्सिनाको भनाइ छ ।
घरको आँगनमै साथीहरुसंग खेल्दै गरेको अवस्थामा साँझ ७ बजे उनको अपहरण गरिएको थियो । त्यहाँबाट लगभग दुई सय मिटर पर पु¥याएपछि थाहा पाएर स्थानीयले बालिकाको उद्धार गरेका हुन् । बालिका उर्लाबारीकै नमुना मन्टेश्वरीमा नर्सरीमा पढ्छिन् । प्रहरीका अनुसार उनीसंगै सात÷आठ वर्ष उमेर समूहका अन्य चार÷पाँच जना बालबालिका पनि खेल्दै थिए ।
छोरीलाई उठाउनु अघि उनीसंग खेल्दै गरेका अरुलाई लैजानका लागि फकाउने कोसिष गरिए पनि अरुले नमानेपछि चकलेट र फलफुल किनिदिन्छु भनेर फकाउँदै अपहरणकारीले आफ्नी छोरीलाई लिएर गएको बुवा कमलकुमारले बताए । उनका अनुसार छोरी कृतिकालाई नयाँ मान्छेले लिएर गएको देखेपछि संगै खेल्दै गरेका बालबालिकाले घर भित्र गएर आमालाई सुनाएका थिए । कमलले त्यसपछि बाहिर निस्किएर आमाले हेर्दा छोरी नदेखेपछि वरपर होहल्ला गरिएको बताए ।
‘हामीले छोरी लगेको थाहा पाउँदा दुई सय मिटर भन्दा पर पु¥याइसकेको रहेछ,’ उनले भने, ‘होहल्ला गर्न थालेपछि गाउँले भेला भएर घेरा हाल्दै छोरीको उद्धार गरेर अपहरणमा संलग्न व्यक्तिलाई नियन्त्रणमा लिन सकियो ।’ होहल्ला हुन थालेपछि अपहरणमा संलग्न छोरीलाई छाडेर भाग्ने प्रयास गरे पनि स्थानीय बासिन्दाको सहयोगमा नियन्त्रणमा भने लिन सकिएको उनको भनाइ छ । कमल स्थानीय सहकारी संस्थामा काम गर्छन ।
पक्राउ परेका कार्कीका सम्बन्धमा अनुसन्धान सुरु गरे पनि उनको वास्तविक ठेगाना भने पत्ता लगाउन नसकिएको प्रहरीले जनाएको छ । पक्राउ परेका कार्कीले दमक घर बताउने गरे पनि उनले नेपाली नागरिकता लगायतका कुनै पनि कागजपत्र पेश गर्न सकेका छैनन् । बरु उनको साथबाट आछाम राज्यको तीनसुकिया जिल्ला स्थित गोग्राहा टोलको परिचय पत्र फेला परेपछि घटना थप शंकास्पद र रहस्यमय बनेको जानकारी तिमल्सिनाले दिए । पुर्वेेेेलि न्युुुजबाट