• देबु बानियाँ
    झापा । नेपाल जेसीजका राष्ट्रिय कार्यकारीणी उपाध्यक्ष एवम् क्षेत्र ‘ग’ सम्मेलनका सभापति पदमविक्रम सिंहले यहि भदौ १५ र १६ गते हुने क्षेत्र ‘ग’ सम्मेलनको सम्पूर्ण तयारी पुरा भएको बताउनु भएको छ ।
    साँखु जेसीजको आतिथ्यतामा काठमाडौँको साँखुमा हुने सम्मेलनको तयारी पुरा भएको र जेसीजकर्मी पाहुनाहरुको स्वागतमा रहेको उपाध्यक्ष सिंहले बताउनु भयो ।
    ‘यो सम्मेलनले नयाँ इतिहास रच्नेछ’ यस क्षेत्रका निरुपित कार्यकारीणी उपाध्यक्ष समेत रहनु भएका सिंहले भन्नु भयो–‘सम्मेलनले यस क्षेत्रमा रहेका सबै जेसीज युवाहरुलाई थप उत्प्रेरणा मिल्नेछ । हामीले यस सम्मेलनलाई नयाँ रुपमा सम्पन्न गर्ने तयारी गरेका छौँ । सम्मेलनका सबै उपसमितिहरुले आ आफ्नो जिम्मेवारी पुरा गरिरहनु भएको छ । यो सम्मेलनले साँखुको पहिचानसँगै यहाँबाट जाँदै गर्दा नयाँ सन्देश लिएर जानु हुनेछ ।’

    क्षेत्र ‘ग’ अन्तरगतका ३२ शाखाका ३ सय देखि ४ सय सम्म जेसीजकर्मीहरुको सहभागिता रहने उहाँले बताउनु भयो । साथै नेपाल जेसीजका राष्ट्रिय अध्यक्षसहित बोर्डका सबै पदाधिकारीहरुको सहभागिता रहनेछ ।
    उपाध्यक्ष सिंहले यस सम्मेलनलाई यस क्षेत्रको मिनी महाधिवेशनको रुपमा समेत हेरिएको बताउनु भयो । उहाँले यस क्षेत्रमा रहेका ३२ वटै शाखाहरुले उत्तिकै जिम्मेवारीका साथ काम गरिरहेका समेत बताउनु भयो ।

    उद्घाटनका दिन हुने थिम सेमीनारमा पर्यटनविद कर्ण शाक्य, युथ मोटिभेसनल स्पीकर अन्तिम गुरुङ र नेपाल जेसीजका पूर्व राष्ट्रिय अध्यक्ष राजेन्द्रबहादुर श्रेष्ठले YES WE SHINE BY RISING RESPONSIBILITY का बारेमा बोल्नेछन् ।
    यसैगरी सम्मेलनको मुख्य प्रशिक्षकको रुपमा भारतका जेसीआइ ट्रेनर निशा चन्दकले सहभागिलाई प्रशिक्षण दिनेछन् ।
    सम्मेलनको सबै तयारी पुरा भएको र अब उद्घाटन दिन मात्र पर्खेर बसेको उहाँले बताउनु भयो । सम्मेलनमा आउने आगन्तुक पाहुनका लागि सबै बन्दोवस्त भइसकेको समेत बताउनु भयो ।  यस क्षेत्रको निरुपित उपाध्यक्षमा सिंह, निरुपित राष्ट्रिय उपाध्यक्षहरुमा टेकराज रेग्मी, रविन पोखरेल र गोविन्द देवकोटा रहनु भएको छ । आतिथ्यता शाखा साँखु जेसीजका अध्यक्ष सविन श्रेष्ठ हुनुहुन्छ भने सम्मेलन निर्देशक पूर्व अध्यक्ष रुपेशलाल श्रेष्ठ रहनु भएको छ । 



     

     

     

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…