बिम्स्टेक सम्मेलनको समयमा दुई दिन काठमाडौं उपत्यकाका तीन जिल्लाका विद्यालयमा बिदा हुने भएको छ । सम्मेलनका वेला सहज रूपमा आवतजावतको व्यवस्था गर्न १४ र १५ भदौमा विद्यालय बिदा दिन पत्राचार भएको छ ।
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको निर्णयबमोजिम संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले काठमाडौं, भक्तपुर र ललितपुरका सबै स्थानीय तहलाई बिदाका लागि परिपत्र गरेको छ । सो दुई दिन उपत्यकामा सवारीसाधन नचलाउनसमेत आग्रह गरेको