विराटनगर १३ भदौ
हत्या गरि मारिएका टंक भट्टराईको परिवारलाई विराटनगर महानगरका मेयर भीम पराजुलीको परिवारले ५० हजार रुपैया प्रदान गरेको छ । मेयरका आमा तुलसीमाया र श्रीमती रन्जिता पराजुली आज पिडित परिवारलाई भेटी उक्त रकम प्रदान गरेका हुन् । सो रकम मेयर पराजुलीले केही दिन अगाडी मृतकका परिवारलाई दिने घोषणा गरेका थिए । पराजुलीले नीजि तलव तथा बैठक भत्ताबाट आएको रकमबाट कटौती गरी परिवारमार्फत उक्त रकम प्रदान गरेका हुन् । सेक्यूरिटी गार्डको काम गर्दे आएका भट्टराईको गत भदौ २ गते निर्ममतापूर्वक हत्या भएको थियो । रातीको समयमा डिउटीमा बसेका बेला विराटनगर स्थित विजुली अफिस छेउको हार्डवेवरमा उनको शब फेला परेको थियो ।