• अनिस तामाङ 

    रातोकलम अनलाइन,

    युएई/अगस्ट-२९ 

    ’मध्यपुर्वको विकसित शहर युएईमा तामाङहरुको समाजिक संस्था तामाङ समाज युएईले शिक्षाको लागि सहयोगार्थ एसएमएस (सपोर्ट माई स्कुल धमाका कार्यक्रम–२०१८ गर्ने भएको छ । तामाङ समुदाय पछि पर्नुको कारण शिक्षा पनि एक रहेको भन्दै विकट क्षेत्रका तामाङ बाहुल्यता भएको विद्यालयहरुमा सहयोग गर्ने हेतुका साथ हुन गइरहेको उक्त कार्यक्रममा नेपालबाट सेलो गायिका निर्मला घिसिङ युएई आउँदैछिन् ।

    सन् २००५ सालमा छल लामाको अध्यक्षतामा स्थापना भएको तामाङ समाज युएईले विशेषगरी तामाङ समुदायको सामाजिक, साँस्कृतिक र धार्मिक संरक्षण, सम्बद्र्धन र विकासका लागि विभिन्न सांस्कृतिक कार्यक्रम गर्दै आएको र भुकम्प, बाढीपीडितका साथै गरिबीको कारण प्राण घातक रोगहरुको उपचार गर्न नसकेकाहरुलाई समेत आर्थिक सहयोग गर्दै आइरहेको तामाङ समाजले प्रत्येक वर्ष शिक्षाको विकासको लागि पनि एसएमएस धमाका कार्यक्रम गरेर विभिन्न विद्यालयहरुमा आर्थिक सहयोग गर्दै आइरहेको छ ।

    सेप्टेम्बर १४ तारिखका दिन ठिक दिउँसोको २ बजे युएईको देरा दुबई स्थित कार्ल्टन टावरमा हुने उक्त कार्यक्रममा यहाँका ख्याति प्राप्त प्रवासी कलाकारहरुको साथमा चर्चित गायिका निर्मला घिसिङले विशेष प्रस्तुती दिने जनाएको छ । कार्यक्रमबाट उठेको रकम कुन विद्यालयमा सहयोग गर्ने भन्ने विषयमा भने तामाङ समाजको समिक्षा बैठकबाट पारित गर्ने छ । हाल सम्म अनुमानित ६ लाख भन्दा बढि रकम विभिन्न जिल्लाको फरक–फरक विद्यालयहरुलाई हस्तान्तरण गरिसकेको तामाङ समाज युएईका महासचिव सनिल घिसिङले जानकारी गराए ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…