देबु बानियाँ
झापा । नेपाल जेसीजको आयोजनामा देशका ४ वटै क्षेत्रमा पहिलो पटक ‘ राष्ट्रिय प्रशिक्षण सप्ताह ’ सञ्चालन गर्ने प्रस्तावित कार्य योजना अन्तरगत पहिलो चरणको राष्ट्रिय प्रशिक्षण सप्ताह क्षेत्र ‘क’ र क्षेत्र ‘ग’ मा
विहिवार सम्पन्न हुँदैछन् ।
यहि भदौँ ८ गतेदेखि सुरु गरेको रराष्ट्रिय प्रशिक्षण सप्ताहको क्षेत्र ‘क’ अन्तरगत जनकपुर, तरहरा, चक्रघट्टी, लेटाङ, कमलनगर र सुरुङ्गा जेसीजको आतिथ्यतामा सम्पन्न भएको छ भने १४ गते विहिवार मेचीनगर महिला जेसीजको आतिथ्यतामा हुँदैछ । यसैगरी, क्षेत्र ‘ग’ अन्तरगत कृतिपुर, धापासी, सीतापाइला, नुवाकोट, मनोहरा, नाल्दुमनगरकोट र भकुण्डेबेसी जेसीजको आतिथ्यतामा सम्पन्न भएको छ भने १४ गते विहिवार कपन जेसीजको आतिथ्यतामा हुने नेपाल जेसीजका राष्ट्रिय तालिम आयुक्त अनिलबहादुर शाहिले बताए ।
पहिलो चरणको साप्ताहिक प्रशिक्षणमा क्षेत्र ‘क’ अन्तरगत मञ्जरी घिमिरे, मोहन श्रेष्ठ, सागर भट्ट, रमेश अर्यालले गरेका छन् भने केदार भण्डारीले विहिवार मेचीनगर महिला जेसीजमा सहजीकरण गर्नेछन् ।
क्षेत्र ‘ग’ अन्तरगत पूर्व राष्ट्रिय अध्यक्ष राजु केसीका साथै राजाबाबु शाह, केदार भण्डारी, मनषा थैव श्रेष्ठ, शोभा खरेलले सहजीकरण गरेका छन् भने विहिवार कपन जेसीजमा पूर्व राष्ट्रिय अध्यक्ष भोलेश्वर दुलालले सहजीकरण गर्नेछन् । प्रशिक्षणका लागि सबै क्षेत्रमा बहुशाखा तालिम हुनुका स्थान अुनसार फरक फरक विषयमा प्रशिक्षण सञ्चालन हुँदैछ ।
यसैगरी दोस्रो चरणमा क्षेत्र ‘ख’ र क्षेत्र ‘घ’ मा सञ्चालन हुनेछन् । यसका लागि सम्बन्धित शाखा र निरुपित राष्ट्रिय पदाधिकारीहरुसँग राय सुझाव लिएर केही दिनभित्रमै प्रशिक्षणको समय तालिका सार्वजनिक गर्ने आयुक्त शाहीले बताए ।
नेपाल जेसीजले वर्ष २०१८ मा लिएको YES WE SHINE BY RISING RESPONSIBILITY प्रकरणलाई सफल बनाउने उद्येश्यका साथ सुरुका दिनदेखि नै फरक र प्रभावकारी कार्यक्रमहरु सञ्चालन गर्दै आएको नेपाल जेसीजले यो राष्ट्रिय तालिम सप्ताह पनि पहिलो पटक सञ्चालनमा ल्याएको हो । युवाहरुलाई राष्ट्रप्रति उत्तरदायित्व बोध गराउँदै आफैमा अन्तरनिहित प्रतिभाको प्रस्फुटन गराइ सफल र सक्षम बनाउनका लागि प्रशिक्षणको आयोजना गरिएको कर्णाली जेसीजका संस्थापक अध्यक्ष एवम् नेपाल जेसीजका पूर्व राष्ट्रिय उपाध्यक्ष समेत रहेका आयुक्त शाहीले बताए ।
‘हामीले यो वर्ष हरेक गतिविधिलाई फरक किसिमले सञ्चालन गराउने प्रयास गरेका छौँ’ तालिम अभियानको क्रममा झापा आइपुगेका शाहीले भने–‘युवाहरुका लागि यो प्रशिक्षण कोशेढुङ्गा सावित हुनेछ । अहिले सम्म भएका २ वटा क्षेत्रका तालिममा जेसीजकर्मी साथीहरुको उत्साहपूर्वक सहभागिता र सकारात्मक सुझाव दिनु भएको छ । जसले हामीलाई अघि बढ्न थप उर्जा मिलेको छ ।’
(अहिलेसम्म सम्पन्न भएका प्रशिक्षणका प्रतिनिधिमुलक फोटोहरु )