गजल
मरुभुमिको खाडी भित्र परि राछु सानु
भबिस्य को लागि कर्म गरि राछु सानु
आखा लोभी मन पापी अनेक सोच्छ मनले ,
पराई को आखा लाग्ला डरि राछु सानु ..
सपनीमा आएर हाम्री छोरी ले जिस्काउछे ,
बर्बराइ आसु बनि झरी राछु सानु ..
बाले भन्या कुरा आझ आई पछुतो भो ,
पल पलमा तडपिएर मरि राछु सानु ..
मरुभुमिको खाडी भित्र परि राछु सानु
भबिस्य को लागि कर्म गरि राछु सानु
उर्लाबारी ९ खोपिडाँडा मोरंग हाल UAE अबुधाबी