• वामपन्थी विचारक, कवि र मानवअधिकारकर्मीलाई भारत सरकारले पछिल्लो समय गिरफ्तारीमा परिरहेका छन् । देशका विभिन्न स्थानमा वामपन्थी कार्यकर्तामाथि पनि निगरानी बढाएको छ भने प्रहरीले कयौंको घरमा छापा मार्नुका साथै संविधान विपरित गतिविधि गरेको आरोप पक्राउ गरिएको छ ।

    गत जनवरीमा भारतको पूणेस्थित भीमा कोरेगांवमा भएको हिंसाको अनुसन्धानका क्रममा प्रहरीले वामपन्थी विचारक तथा कवि वरवरा राव, सुधा भारद्वाव र अरूण फरेरालाई पक्राउ गरेको हो । यसैगरी, प्रहरीले मानवअधिकारकर्मी गौतम नवलखा र वरनाँन गोंजाल्विस तथा वकिल अरूण फरेरालाई नियन्त्रणमा लिएको छ ।

    उनीहरूलाई अहिले अदालतको आदेशपछि घरमै नजरबन्दमा राखिएको छ । अर्को सुनुवाई नहुँदासम्म प्रहरीको निगरानीमा राख्न अदालतले अनुमति दिएको हो । उनीहरूको गिरफ्तारीलाई सरकारले भारतको माओवादी आन्दोलनसँग जोडेको छ ।

    भारतीय प्रहरीले देशका अन्य स्थानमा वामपन्थी कार्यकर्तामाथि पनि धरपकड र गिरफ्तारी बढाएको छ । प्रहरीका अनुसार पक्राउ परेकाहरूको माओवादीसँग साँठगाँठ रहेको आरोप लगाएको छ । उनीहरू देशमा प्रतिबन्ध लागाइएको माओवादीका लागि काम गरेको आरोप लगाइएको छ ।

    को हुन् पक्राउ पर्ने ?

     सुधा भारद्वाज एक वकिल र अभियन्ता हुन् । उनी भारती आइ.आइ.टी को टपर हुन् । सन् १८८४–८५ को मजदुर आन्दोलनमा जोडिएकी हुन् ।

     वरवर राव एक वामपन्थी लेखक हुन् । उनी भारतमा संकटकाल लागेका समयमा गिरफ्तार भएका थिए ।

     गौतम नवलखा अंग्रेजी पत्रिका ‘इकोनोमिक एण्ड पोलिटिकल विक्लि’का सल्लाहाकार सम्पादकको अहोदामा कार्यरत छन् ।

    – अरूण फरेरा पेशाले वकिल हुन् । उनी भीमा कोरगांव हिंसाको सिलसिलमा गिरफ्तार भएका दलित कार्यकर्ताको पक्षमा थिए ।

     वरनाँन गोंजाल्विस लेखक र सामाजिक कार्यकर्ता हुन् । उनी मुंबई विश्वविद्यालयका गोल्ड मेडलिस्ट हुन् ।

    मनवअधिकारकर्मी र अभियन्ताहरूको गिरफ्तारी पश्चात् मानवअधिकार आयोगले गम्भीर असन्तुष्टि जनाएको छ । आयोगले जारी गरेको विज्ञप्तिमा गिरफ्तारी प्रक्रियामा नियमको पालना गरेको नपाइएको जनाइएको छ । उक्त कदम मानवअधिकारको उल्लघंन भएको आयोगको भनाइ छ । आयोगले महाराष्ट्रका मुख्य सचिव र प्रहरी महानिर्देशकलाई चार हप्ता भित्र रिपोर्ट पेश गर्न भनेको छ ।

    गैरन्यायिक गिरफ्तारको विरूद्धमा दिल्लीस्थित महाराष्ट्र सदनको बाहिर प्रदर्शन भएको छ । धेरै प्रदर्शनकारीले प्रधानमन्त्री मोदीलाई अमेरिकी राष्ट्रपति डोेनाल्ड ट्रम्पकै पथमा हिँडेका भन्दै आलोचना गरे । यसैगरी गिरफ्तारीको विरोधमा भारतका विभिन्न स्थान छत्तिसगढ, अलवा रायपुर, बिलासपुरमा सडक प्रदर्शन भएको छ ।

    गिरफ्तारीपछि एक प्रतिष्ठित भारतिय लेखक अरूणधती रोयले भारतको अहिलेको अवस्था ७० को दशकमा लागेको संकटकाल भन्दा बढि भयानक र डरलाग्दो रहेको बताइन् ।

    सरकार आफै भारतका वामपन्थी, दलित, महिला, आदिवासी र अल्पसंख्यकका विरूद्ध नियम कानुनको उल्लघंन गरिरहेको आरोप लगाइन् । सरकारको आलोचनामा उभिने जोकोहीलाई पनि अपराधी करार गराएर निस्तेज पार्न सरकार लागिपरेको उनको भनाइ छ ।

    सत्तासिन पार्टी भाजपाले सरकारको सो कदमको बाचाउ गरेको छ । भाजपाका प्रवक्ता संबित पात्राले प्रतिबन्ध लागेको माओवादीको कार्यकर्ताहरूलाई मानवअधिकारकर्मीको रूपमा हेरिनु त्रुटि भएको बताए ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…