• काठमाडौं – गायक तथा नाट्यकर्मी बरिष्ठ कलाकार हरिप्रसाद रिमालको निधन भएको छ । १९८२ असोज २ गते जन्मियका ९३ वर्षीय रिमालको गएराति बानेश्वरस्थित निवासमा निधन भएको हो। रिमाल लामो समयदेखि अस्वस्थ थिए।

    पारिवारिक स्रोतका अनुसार उनको शव अन्तिम श्रद्धाञ्जलीका लागि शुक्रबार बिहान १० बजेसम्म उनकै निवास अगाडी राखिने छ भने त्यसपछि पशुपति आर्यघाटमा अन्त्येष्टि गरिने छ।

    उनले ‘आमा’,  ‘मनको बाँध’  ‘परिवर्तन’, ‘के घर के डेरा’, ‘सन्तान’ लगायतका फिल्ममा अभिनय गरेका छन्। रिमालले ‘भीमसेनको अन्त्य’ र ‘मुकुन्द इन्दिरा’ जस्ता ऐतिहासिक नाटकमा पनि अभिनय गरेका छन्।

    रिमाल कुसल गायक पनि हुन्। उनको  ‘फगत एक नजरमा कसैले लियो मन’ निकै चर्चित गीत हो। उनका श्रीमती, दुई छोरा र दुई छोरी छन्।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…