• देबु बानियाँ
    काडमाडौँ । प्रदेश नम्बर ३ का प्रदेश सभामुख सानुकुमार श्रेष्ठले समृद्ध देश निर्माण गर्ने जिम्मेवारी जेसीज युवाहरुमा रहेको बताएका छन् ।
    नेपाल जेसीजको आयोजनामा आजबाट काठमाडौँको साँखुमा सुरु भएको क्षेत्र ‘ग’ सम्मेलनको उद्घाटन गर्दै सभामुख श्रेष्ठले देशका हरेक काल खण्डमा जेसीजव युवाहरुले खेलेको भुमिकाको प्रशंसा गर्दै अबका दिनमा समेत देश विकासमा उत्तिकै भूमिका निर्वाह गर्न आग्रह गरेका हुन् ।
    ‘मलाई जेसीजप्रति गर्व लाग्छ’ कार्यक्रमका प्रमुख अतिति समेत रहेका सभामुख श्रेष्ठले भने–‘अब देश आर्थिक समृद्धिको बाटोमा अघि बढेको छ । देश विकास हुने कुरामा कुनै दुइ मत छैन । जेसीजले आम युवाहरुलाई आत्मा निर्भर बनाउँदै व्यक्तित्व र नेतृत्व विकासमा महत्वपूर्ण भूमिका निर्वाह गरेको छ ।’
    साँखु जेसीजको आतिथ्यतामा सुरु भएको सम्मेलनमा प्रदेश सांसदमणिराम फुँयाल, प्रतिनिधि सभा सांसद सरिता न्यौपाने, सँखरापुर नगरपालिकाका मेयर सुवर्ण श्रेष्ठ, नेपाल जेसीजका राष्ट्रिय अध्यक्ष श्रीधर बस्याल काठमाडौँ जेसीजकी अध्यक्ष मनषा श्रेष्ठलगायतले सम्मेलन सफलताको शुभकामना दिएका थिए ।
    कार्यक्रममा नेपाल जेसीजका कार्यकारीणी उपाध्यक्ष अशोक शंकर, सिनेटर विकास मानन्धर, रश्मि शिल्पकार, राष्ट्रिय उपाध्यक्षहरु, पूर्व राष्ट्रिय अध्यक्षहरुलगायताको उल्लेखिय सहभागिता रहेको छ ।
    दुई दिनसम्म चल्ने सम्मेलनमा सहभागि हुन क्षेत्र ‘ग’ शाखा अध्यक्ष तथा पदाधिकारीहरु, विभिन्न क्षेत्रका व्यक्तिहरु साँखुमा आइपुगेका छन् ।
    क्षेत्र ‘ग’ का निरुपित राष्ट्रिय कार्यकारी उपाध्यक्ष पदमविक्रम सिंहको सभापतित्वमा सम्पन्न कार्यक्रमको स्वागत आतिथ्यता शाखा साँखु जेसीजका अध्यक्ष सविन श्रेष्ठले गरेका थिए । सम्मेलन निर्देशक रुपेश श्रेष्ठले कार्यक्रम माथि प्रकाश पारेको कार्यक्रममा सहभागिलाई निरुपित उपाध्यक्ष टेकराज रेग्मीले धन्यवाद ज्ञापन गरेका थिए । कार्यक्रमको सञ्चालन महासचिव सुजन श्रेष्ठ र सहसचिव ओसा श्रेष्ठले संयुक्त रुपमा गरेका थिए । सम्मेलनको उद्घाटनपछि अन्य कार्यक्रम निरन्तर चलिरहेका छन् ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…