• दीप खादी लिम्बू

    क्वालालम्पुर 

    भदौ-१५

    नेपाली काङ्ग्रेस जनसम्पर्क समिति मलेसियाको मातहतमा नेपाल ट्रेड युनियन काङ्ग्रेस (NTUC support group)मलेशियाको तदार्थ समिति गठन भएको छ।अगस्ट ३१ तारिक मलेशियाको सार्बजनिक बिदाको अवसरमा आयोजना गरिएको उक्त कार्यक्रम क्वालालम्पुर को ग्रेन्ड कोन्टिनेन्टल होटलको सभाहलमा भएको थियो।उक्त समारोहका सभापतित्व चोकाकान्त पाङेनीले गर्नु भएको थियो भने नेपाली राजदुतावासका दृतिय सचिब प्रेम राज गौतमको प्रमुख आथित्यमा कार्यक्रम सम्पन्न भएको हो।

    त्यसैगरी विशेष अतिथिमा गैर आवसिय नेपाली सघ मलेशिया उपाध्यक्ष टेक बहादुर धित्त थिए।भने अतिथिहरु नेपाली जनप्रगतीशिल मन्चका उपाध्यक्ष दिप खादी लिम्बू ,नेपाल आदिवासी जनजाती महासंघ मलेसियाका महासचिव सविन लोप्चन तामाङ, नेपाल आदिवासी जनजाती पत्रकार महासंघका अध्यक्ष दिपक सुनाखरी मगर, नेपाली प्रवासी सितोरियो कराते संघका कोषाध्यक्ष तथा अन्तर्राष्ट्रिय कराते रेफ्री लक्ष्मी क्षेत्री,नेपाल-मलेशिया वैदेशिक रोजगार समन्वय संघका अध्यक्ष कमल गौतम, नेपाली प्रवासी थारु सेवा समाजका संरक्षक तथा पत्रकार आर,एन चौधरी,बौद्ध महासंघ, मलेशियाका महासचिव नोर्बु तामाङ, सुदुर पश्चिम सेवा समाज, बाट डम्बर विस्वकर्म, अन्तर्राष्ट्रिय रोल्पाली सेवा समाज, मलेसिया अध्यक्ष सुगम मगर, साथै बुद्धिजिवि तथा परोपकारी समाज,मलेसिया अध्यक्ष संकर प्रसार आचार्य, साहित्य चौतारी नेपाल, मलेशियाका अध्यक्ष रेशम सरोवर रचित, धादिङ समाज, मलेसिया अध्यक्ष दिल्ली छत्कुल्लि, काभ्रे सेवा समाज मलेसिया बाट जगत तामाङ, तेस्तै गरि सगरमाथा सेवा समाज बाट सन्तोष रिजाल, नेपाली प्रवासी सितोरियो कराते संघका सचीव तथा अन्तर्राष्ट्रिय खेलाडी भिम बहादुर महर रहेका थिए।

    अन्य अतिथिहरुमा ग्रान्ड कन्टिनेन्ट्लका म्यानेजर साथै बुद्धिजिवि तथा परोपकारी समाजका उपाध्यक्ष स्याम कार्की साथै गैर आवसिय नेपाली सघ मलेशियाका संरक्षक रमेश प्रसाद तिवारी रहनु भएको थियो।साथै कार्यक्रममा जनसम्पर्क समिति बाट सह-महामन्त्री अस्मिता सुवेदी शर्माले स्वागत मन्तव्य दिएका थिए।भने उपस्थित विभिन्न सघ सस्थाका प्रतिनिधिहरुले पनि यो मजदुरको लागि अपरिहार्य सङठन र सकारात्मक कदम रहेको ले आफुहरु मजदुरको पक्षमा हातेमालो गर्न र सहकार्यको हात अघि बढाउन हरदम तम्तयार रहेको मन्तव्य को क्रममा बताए।

    काङ्ग्रेस जनसम्पर्क समितिका महामन्त्री योगेन्द्र कोइराला द्वारा संचालित कार्यक्रममा अस्मिता सुवेदी शर्माले स्वागत मन्तव्य राखेका थिए।कार्यक्रम समापन गर्दै सभापती पाङेनिले नेपाल ट्रेड युनियन काङ्ग्रेस नितान्त मजदुर मुखी सङठन रहने बताएका छ्न। मलेशियामा कार्यरत करिब ६ लाख श्रमिकहरुको हितमा काम गर्ने बताए।भने मलेशिया लाई नै कर्मथलो बनाएर रहेका सामाजिक सस्था,जातिय सस्था एबम राजनीतिक पार्टीका भात्री सङठनहरु पनि यसकार्यमा समन्वय गर्दै अगाडि बढ्न,सहयोग गर्न अनुरोध गरेका थिए।भने नव गठित ट्रेड युनियनले आगामी १ बर्ष भित्र प्रथम अधिबेशन गरेर समिति लाई पुर्ण बैधानिक्ता दिने बताएका छन।

    नवगठित ट्रेड युनियन काङ्ग्रेसका नामावली निम्न लिखित रहेको छ।
    संयोजक-योगेन्द्र कोइराला सह-संयोजक- हरि प्रसाद कोइराला
    सदस्यहरु-
    बिनोद बहादुर थापा,अस्मिता सुवेदी शर्मा ,राजेन्द्र प्रसाद शाह,सन्तोष प्रकाश रिजाल,गणेश राउत,दिपक अधिकारी, डम्मर ओखडा,संरक्षक तथा प्रमुख सल्लाहकार चोलाकान्त पङेनी,

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…