• झापा । बाहुनडाँगी जेसीजको आयोजनामा भएको मिनि म्याराथुन प्रतियोगिताको उपाधी पुजन पन्थले जितेका छन् ।
    बाहुनडाँगी जेसीजको जेसीज सप्ताह अन्तरगत भएको १० किलोमिटर दौडमा ४४ जना प्रतियोगिलाई पछि पार्दै पन्थले उपाधी माथि कब्जा जमाएका हुन् । जितसँगै उनले नगद १० हजार र प्रमाण पत्र प्राप्त गरे ।
    यसैगरी दौडमा करुन दाहाल दोस्रो र दिपक श्रेष्ठ तेस्रो भए । उनीहरुले क्रमश नगद ६ हजार र ३ हजार प्राप्त गरे । कुल ४४ जना सहभागी उक्त प्रतियोगितामा ३ महिलासहित १४ जनाले दौड पूरा गरेका थिए । महिला धावकलाई समेत प्रोत्साहन पुरस्कार प्रदान गरिएको थियो ।
    प्रतियोगिताका लागि प्रथम पुरस्कार विद्या विकास एकेडमी, दोस्रो पुरस्कार हात्ती रिेसोट र तेस्रो पुरस्कार काकभिट्टाको क्वालिटी होटेलले प्रायोजन गरेका थिए ।
    शाखा अध्यक्ष जीवन मोतेको सभापतित्व तथा बिद्या विकास एकाडेमीका निर्देशक बद्री निरौलाको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रम अनुपकुमार कार्की, अर्जुनकुमार कार्की लगायतले बोलेका थिए । कार्यक्रममा जेसीज आस्था वाचन कञ्चन उप्रेतीले गरेका थिए । कार्यक्रम संयोजक प्रविण भण्डारीले स्वागत गरेको कार्यक्रमको सञ्चालन महासचिव सागर कार्कीले गरेका थिए । जेसीज सप्ताह गत भदौ ९ गतेबाट सुरु भएको थियो ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…