• काठमाडौं । आरम्भ नाट्य डबली रतुवामाईले भाद्र २७ गते रतुवामाई १० सोमबारेमा संचालन गर्न लागेको नाटक मञ्चन लगाएत विविध रोचक प्रस्तुतिका साथमा संचालन गर्न लागेको तिजविशेष कार्यक्रम २०७५ मा रतुवामाई १० सोमबारेमा संचालित राष्ट्रनिर्माण सेकेन्डरी बोडिङ स्कुलले पनि मुख्य प्रायोजन गर्ने भएको छ । वृहत रुपमा छुट्टै ढङ्गबाट समाजमा केही जनचेतना फैलाउ भन्ने उदेश्यले संचालन गर्न लागेको कार्यक्रम नजिकिरहेका बखतमा सहयोगी हातहरु धमाधम आईरहेको कार्यक्रम संयोजक इश्वर खनालले जानकारी दिनुभएको छ । विगत वर्षभन्दा अझ रोचक र पृथक ढङ्गबाट कार्यक्रमको तयारी गर्न लागेको कार्यक्रमका सह संयोजक हरि नेपालले बताउनुभएको छ ।

    कार्यक्रममा स्थानिय क्षेत्रबाट मञ्चन गर्न लागेको नाटकमा तिजका विषयवस्तुलाई समावेश गरिएको छ भने । राष्ट्रिय स्तरबाट मञ्चन गर्न लागिएको नाटकमा बढ्दै गएको बलत्कार लगाएत चेलीबेटी बेचविखन का विषयवस्तुबाट समाजमा जनचेतनाको सन्देश प्रवाह गर्न खोजिएको कार्यक्रम व्यवस्थापक समिन बरालले बताउनुभएको छ ।विगतका दिनहरुमा संचालन गरिएका कार्यक्रमहरुमा पनि अतुलनिय सहयोग राष्ट्रनिर्माण बोडिङ स्कुलले गरिरहेको कुरा प्रचारप्रसार समितिका संयोजक सविन भट्टराईले जानकारी दिदै कार्यक्रमको प्रचारप्रसार पनि यो पल्ट वृहत रुपमा गरिने बताउनुभएको छ ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…