• काठमाडौं । नेपाल चिकित्सक संघले आज डाक्टरहरुको प्रमाणपत्र लाइसेन्स) मेडिकल काउन्सिलमा फिर्ता गर्ने भएको छ ।

    १ भदौबाट कार्यान्वयमा आएको मुलुकी फौजदारी संहिता संशोधनको माग गर्दै संघले भोलि देशभर आकस्मिक बाहेकका सेवा बन्द गर्न आहृवान गरेको छ । आज१० बजे माइतीघर मण्डला भेला हुने र मेडिकल काउन्सिल गएर प्रमाणपत्र बुझाइने संघका अध्यक्ष डा. मुक्तिराम श्रेष्ठले अनलाइनखबरलाई बताए ।

    संघले देशभरका चिकित्सकहरुलाई भदौ १५ सम्म आफ्नो प्रमाणपत्र बुझाउन भनेको थियो । अहिलेसम्म ३ हजार बढी चिकित्सकको प्रमाणपत्र जम्मा भएको र त्यसलाई आज काउन्सिलमा बुझाउन लागिएको श्रेष्ठले बताए ।

    यसअघि भदौ १ मा नै चिकित्सकहरुले प्रमाणपत्र काउन्सिलमा बुझाउने बताएका थिए । तर, सरकारले मुलुकी ऐन संशोधनको आश्वासन दिएपछि रोकिएको थियो । ‘कानुन संशोधन कुन जति समय लाग्छ लिनुस् तर, प्रक्रिया त सुरु गर्नुस् भनेका थियौं’ श्रेष्ठले भने, ‘वार्तामा सकारात्मक कुरा भएपनि प्रक्रिया सुरु भएकाले हामीले चिकित्सकहरुको प्रमाणपत्र बुझाउन लागेका हौं ।’

    उनकाअनुसार प्रमाणपत्र बुझाएपछि मेडिकल काउन्सिलले लिस्टबाट नहटाएसम्म डाक्टरहरुले उपचार गर्न सक्छन् । तर, बिहीबारदेखि भने देशभर आकस्मिक बाहेक सबै सेवा बन्द गर्ने घोषणा चिकित्सक संघले गरेको छ ।

    मुलुकी फौजदारी सहितामा उपचारका क्रममा लार्पवाहीले विरामीको मृत्यु भएमा ज्यान मुद्दा चलाउने प्रावधान छ । चिकित्सक संघले भने त्यसलाई संशोधन गरेर लार्पवाही भए नभएको विज्ञ समूहले अध्ययन गर्ने थप गर्न माग गरेको छ ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…