• काठमाडौँ । क्षेत्र ‘ग’ स्तरीय वक्तृत्वकला प्रतियोगिताको उपाधी साँखु जेसीजका समिक्षा श्रेष्ठ जितेका छन् ।
    शुक्रवारबाट सुरु भएको क्षेत्र ‘ग’ सम्मेलनको अवसरमा भएको Yes We Sing By Rising Responsibility विषयक प्रतियोगितामा धापासी जेसीजकी समिका श्रेष्ठ दोस्रो र भकुण्डेबेसीका प्रदिप पोखरेल तेस्रो भएका थिए ।
    प्रतियोगितामा प्रथम हुने प्रतियोगिले आगामी डिसेम्बरमा जनकपुरमा हुने ४५ औँ महाधिवेशनमा ४ क्षेत्रबाट आएका प्रतियोगिहरुसँग प्रतिस्पर्धा गर्नेछन् । प्रतियोगिताको मुख्य निर्णायकका रुपमा नेपाल जेसीजका पूर्व राष्ट्रिय उपाध्यक्ष मञ्जरी घिमिरे, रामनगर जेसीजका अध्यक्ष भोजराज चापागाई र हेटौँडा महिला जेसीजकी शोभा खरेल रहेका थिए । वक्तृत्वकला प्रतियोगिताको सहजिकरण निरुपित उपाध्यक्ष टेकराज रेग्मीले गरेका थिए ।
    यसैगरी, क्षेत्रीय सम्मेलनमा उत्कृष्ट सहभागिताको अवार्ड भकुण्डेबसी जेसीजले प्राप्त गरेको छ । उक्त अवार्ड शाखा अध्यक्ष रुकमणी सिग्देलले ग्रहण गरेकी थिइन् ।
    १५ गते उद्घाटन भएको सम्मेलनले वर्ष २०१९ को क्षेत्रीय सम्मेलन नगरकोट जेसीजमा गर्ने औपचारिक निर्णय गर्दै शनिवार सम्पन्न भएको छ । सम्मेलनमा यस क्षेत्रका ३२ वटा शाखाका ३ सय भन्दा बढी जेसीजकर्मीहरुको सहभागिता रहेको थियो ।





सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…