• रूपेन्द्र शेर्मा
    उर्लाबारी, १७ भदौ ।
    उर्लाबारी नगरपालिकाका प्रमुख खड्ग फागोले जात र वर्णले कोहीपनि सक्षम र असक्षम नहुने बताउनुभएको छ । आँट, हिम्मत र मिहेनत गर्नसके जो–कोहीले सफलता हाँसिल गर्ने उहाँको भनाई छ ।
    किरात याक्थुङ चुम्लुङको २९ औं स्थापना दिवसको अवसरमा आइतबार मोरङको उर्लाबारी–९ दुर्गापुरीस्थित चुम्लुङ भवनमा आयोजित कार्यक्रममा फागोले सो कुरा बताउनुभएको हो । नेपालको राजनीतिक परिवर्तनमा आदिवासी जनजातिले महत्वपूर्ण योगदान पर्याएपनि त्यसको कदर हुन नसकेको उहाँले बताउनुभयो । आदिवासी जनजातिको भाषा, लिपी, संस्कार र संस्कृति जगेर्ना गर्नुपर्नेमा जोड दिँदै नगर प्रमुख फागो त्यसका लागि नगरपालिका संधै साथ रहेको बताउनुभयो । आदिवासी जनजातिको भाषा, लिपी, संस्कार र संस्कृति जगेर्नाका लागि नगरपालिकाले बजेट विनियोजन गरेको जानकारी दिँदै फागोले त्यसका लागि प्रक्रिया पुगेको खण्डमा सहयोग गर्न सकिने उल्लेख गर्नुभयो ।
    चुम्लुङका प्रदेश कोषाध्यक्ष विमला पालुङ्वाले आदिवासी जनजातिको दक्षता अभिबृद्धिका लागि सिपमुलक तालिम सञ्चालन गरिनुपर्ने बताउनुभयो । चुम्लुङका नगर अध्यक्ष चन्द्र पालुङ्वाको अध्यक्षतामा भएको सो कार्यक्रममा उर्लाबारी–९ का वडाध्यक्ष बमबहादुर फियाक, स्थानीय समाजसेवी नरबहादुर मोक्तान, सुरेन्द्र शेर्मा, मदन मादेम्बा, अमृत आङबुहाङलगायतले बोल्नुभएको थियो । कार्यक्रममा चुम्लुङका नगर सचिव अमर सेलिङले सञ्चालन र सदस्य सम्शेर लिम्बुले स्वागत मन्तब्य राख्नुभएको थियो । कार्यक्रममा लिम्बु समुदायको मौलिक नृत्य केलाङ र धानचान पनि भएको थियो ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…