• देबु बानियाँ
    मेचीनगर । किरात याक्थुङ चुम्लुङ मेचीनगर समितिको ३० औँ स्थापना दिबस बिविध कार्यक्रमको आयोजना गरि मनाइएको छ ।
    आइतबार किरात याक्थुङ चुम्लुङ मेचीनगर समितिले मेचीनगर–८ इटाभट्टामा लिम्वु सस्कृति झल्कने नृत्य सहित विविध सास्कृतिक कार्यक्रमको आयोजना गरि आफ्नो स्थापना दिवस मनाएको हो ।
    कार्यक्रममा लिम्वु समुदाय अन्तरगत सामुदायिक विद्यालयवाट उत्कृट अङ्क ल्याएका छात्र तथा छात्रालाई नगदसहित सम्मान गरिएको थियो । सम्मानित हुनेहरुमा छात्रतर्फवाट बलभद्र जनता माबिका सनम थेवे लिम्वु र छात्रातर्फवाट काँकरभिट्टा माविका सीता लिम्वु रहेका छन् ।
    त्यसैगरि आधारभुत लिम्वु लिपि शिक्षण गराउने विभिन्न व्याक्तिलाई सम्मान गरिएको छ । सम्मानित हुनेहरुमा मेचीनगर–५ का असलकुमार माङ्मु र सुजाता सम्बाहाम्फे मेचीनगर–६ का हस्त आङ्देम्बे साथै, मेचीनगर–७ का रमना साम्सोहाङ्गे र राजेन्द्र इधिङ्गो रहेका छन् ।
    सो अवसरमा वडास्तरिय चेलाङ प्रतियोगिता सम्पन्न भएको थियो । प्रतियोगितामा वडा नम्वर–१३ प्रथम भएको थियो । दोस्रो वडा नम्वर ५ र तेस्रो वडा नम्वर ११ घोषित भए । विजेतालाई क्रमश छ ५ हजार, ३ हजार र २ हजार नगद राशि प्रदान गरिएको किरात याक्थुङ चुम्लुङ मेचीनगरका सचिव विरु वेघाले जानकारी दिए ।
    किरात याक्थुङ चुम्लुङ मेचीनगरका अध्यक्ष दिलिपजङ्ग आङदेम्वेको सभापतित्व तथा किरात याक्थुङ चुम्लुङ केन्द्रीय उपाध्यक्ष कमल तिगेलाको प्रमुख आथित्यमा सम्पन्न कार्यक्रममा मेचीनगर समितिका पूर्व अध्यक्ष हर्क फ्याक, किरात याक्थुङ चुम्लुङ पूर्व जिल्ला अध्यक्ष भरत आङ्देन्बे, किरात याक्थुङ चुम्लुङ पूर्व केन्द्रिय पार्षद भिम इजम मेचीनगर–८ का वडाध्यक्ष बिकेन्द्र धिमाललगायतले शुभकामना मन्तव्य राखेका थिए ।
    किरात याक्थुङ चुम्लुङ मेचीनगरका उपाध्यक्ष धनप्रसाद केरुङले स्वागत गरेको कार्यक्रमको सञ्चालन समितिका मेचीनगर सचिव विरहादुर वेगा (विरु)ले गरेका थिए । कार्यक्रममा सहभागि हुनका लागि मेचीनगरका लिम्बू समुदायका व्यक्तिहरु आफ्नो संकस्कृति झल्कने भेषभुषासहित सहभागि भएका थिए ।























सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…