• झापा जिल्लामा रहेको सुरुङ्गा जेसीजको आतिथ्यतामा यहि भदौ २२ र २३ गते क्षेत्र ‘क’ को क्षेत्रीय सम्मेलन हुँदैछ । नेपाल जेसीजको आयोजनामा हुने उक्त सम्मेलनमा यस क्षेत्र अन्तरगत रहेका ४० वटा शाखासहित देशभरका विभिन्न शाखाका पदाधिकारीहरुको सहभागिता रहने छ । करिब करिब ८ सयको सहभागितामा उद्घाटन हुने उक्त सम्मेलनको सेरोफेरोमा रहेर आथित्य शाखा सुरुङगा जेसीजका वर्ष २०१८ का अध्यक्ष भीम भट्टराईसँग गरिएको कुराकानी प्रस्तुत छ ।

    १. २२ र २३ गते क्षेत्र ‘क’ को क्षेत्रीय सम्मेलन गर्दै हुनुहुन्छ । तयारी कस्तो हुँदैँछ ?
    क्षेत्रीय सम्मेलनको तयारी अन्तिम चरणमा पुगेको छ । स्मारिका प्रकाशनको काम सकिएको छ । कार्यक्रम स्थलको व्यवस्थापन, अतिथि, प्रमुख अतिथि तथा अन्य आगन्तुक अतिथिहरुलाई निमन्त्रणा गर्ने काम सम्पन्न भएको छ । साथै अतिथिहरुलाई बस्ने होटलकोसमेत व्यवस्थापन गरिसकेका छौँ । प्राविधिक कुराहरु समेत व्यवस्थापन भइसकेको छ । प्रचार प्रसारको काम निरन्तर चलिरहेको छ । सजावट तथा गेट निर्माणको काम समेत भइसकेको छ । अब हामी उद्घाटनको दिनको पर्खाइमा मात्र छौँ ।
    २. क्षेत्रीय सम्मेलनको मुख्य लक्ष्य तथा उदेश्य के हो ?
    बन्द मुक्त शान्ति क्षेत्रको रुपमा देशमै पहिचान बनाएको कनकाइ नगर एउटा पर्यटकीय नगरी हो । यहाँ रहेको पर्यटकीय तथा धार्मिक तिर्थस्थलहरुको प्रचार प्रसारमा यस सम्मेलनले महत्वपूर्ण भूमिका निर्वाह गर्छ । हामीले यस सम्मेलनमा कनकाइ नगरमा भएका यस्ता ऐतिहासिक, धार्मिक तथा पर्यटकीय क्षेत्रहरुको फोटो प्रदर्शनीमा राख्ने छौँ । जसले यहाँको पर्यटन विकासलाई थप टेवा पु¥याउने छ । स्थापनाको छोटो समयमा नेपाल जेसीजको एरिया सम्मेलन गर्न पाउनु कनकाइबासीका लागि गौरवको विषयल हो । त्यसैले यसको मुख्य लक्ष्य भनेको नै कनकाइको विकास र यहाँको प्रचार गर्नु नै हो । यसका साथै क्षेत्रमा रहेका शाखाहरुबिचको सम्बन्धलाई समेत थप मजबुत बनाउन सम्मेलनले सहयोग पुर्याउँछ ।

    ३. यस सम्मेलनमा के नयाँ प्रभावकारिता दिँदै हुनुुहुन्छ ?

    हामी यो सम्मेलनलाई उत्कृष्ट र सरल रुपमा सम्पन्न गर्ने जमर्काे गर्नेछौँ । कार्यक्रम सफल हुनुमा समयको महत्वपूर्ण भूमिका हुने भएकाले समयलाई प्राथकितामा राखेर हामी हरेक कार्यक्रमलाई समयमै सम्पन्न गर्नेछौँ । यसैगरी स्टेजको भीडभाँडलाई कम गर्नेछौँ । जो वक्ता हुन्छ उसलाई मात्र स्टेजमा निमन्त्रणा गर्नेछौँ । अतिथि मानुभावहरुलाई व्यवस्थित रुपमा बस्ने वातावरण मिलाउने छौँ । हाम्रा डिजिटल प्रविधि मार्फत कार्यक्रमलाई थप आर्कषक बनाइने छ । हामीले शाखाहरुलाई उद्घाटनका दिन रजिष्टेशन गर्नु पर्ने झन्झटलाई कम गराउनका लागि र तातो घाममा लाइन लागेर रजिष्टेशन गर्नु पर्ने समस्यालाई हल गर्न यस अघि नै हरेक शाखामा रजिष्टेशन फर्म समेत पठाइसकेका छौँ । यसले थप सहज हुनेछ ।

    ४. तपाइहरुले कामको भाडफाँड कसरी गर्नु भएको छ र यी सबै कामहरुलाई एकै साथ अघि बढाउँदै हुनुहुन्छ ?
    कुनै पनि काम गर्न एक्लैको प्रयासमा हुँदैन । काम गर्नका लागि एउटा मजबुत टिमको आवश्यकता पर्छ । जसका लागि हामीले एक वर्ष अघि देखि नै यस सम्मेलनका लागि विभिन्न समिति तथा उपसमिति निर्माण गरेर काम गर्दै आएका छौँ ।
    सम्मेलन सम्पन्न गर्नका लागि पूर्व अध्यक्ष कुमारमणि पोखरेललाई निर्देशक र पूर्व अध्यक्ष त्रिलोचन चिमरियालाई उप निर्देशकको रुपमा मनोनय गरिएको छ । एउटा मुल समिति र विभिन्न उपसमितिहरुले आ आफ्नो कामको जिवम्मेवारीलाई महत्व दिएर कामहरुलाई अघि बढाइरहेका छन् । जसमा अतिथि सत्कार, स्कारिका प्रकाशन समिति, मञ्च व्यवस्थापन, खाना व्यवस्थापन, होटल व्यवस्थापन, आर्थिक व्यवस्थापनलगायतका उपसमितिहरु छन् । जसले आ आफ्नो क्षेत्रबाट आफ्नो भूमिका निर्वाह गरिरहनु भएको छ । यसले गर्दा हरेक काममा सहज भएको छ । यसकारण सम्मेलनमा आउने जेसीजकर्मीहरुका लागि हामीले सकेसम्म सहज होस भन्ने उदेश्य राखेका छौँ । उहाँहरुले कुनै दुःख कष्ट बेहोर्नु नपरोस भन्ने हाम्रो मुख्य लक्ष्य हो । यसका लागि खानामा मांसाहारीका लागि ३ वटा र साकाहारीका लागि एउटा स्टलको व्वस्था गरेका छौँ । यसैगरी आवासका लागि सुविधा सम्पन्न होटलको व्यस्थापन गरेका छौँ । यसका साथै सम्मेलनमा सहभागि हुन आउने क्षेत्र ‘क’ भन्दा बाहिरका शाखा अध्यक्ष ज्यूहरुलाई निःशुल्क रजिष्टेशनको व्यवस्था गरेका छौँ ।

    ५. यो सम्मेलन गर्नका लागि कति खर्च हुने अनुमान गर्नु भएको छ ?
    सम्मेलन सम्पन्न गर्नका लागि करिब ३० लाख खर्चको अनुमान गरिएको छ ।

    ६. खर्च व्यवस्थापनका लागि आम्दानीको स्रोत के छ ?
    हाम्रो खर्चको स्रोत भनेको स्मारिकमा प्रकाशन गर्ने विज्ञापन हो । यहाँबाट आएको आम्दानीले केही खर्च धान्ने छ । यसका साथै पहिलो स्रोत भनेको नै सम्मेलनमा सहभागि हुन आउने सदस्यहरुको रजिष्टेशन शुल्क हो । यसैगरी हामीले् झापामा रहेका विभिन्न संघ संस्थाहरुको समेत सहयोग रहेको छ । झापाका १५ वटै स्थानीय निकायबाट सहयोग गर्ने आश्वासन पाएका छौँ । केही रकम नेपाल जेसीजबाट सहयोग प्राप्त ।

    ७. यो सम्मेलनको मुख्य आर्कषण के हुनेछ ?
    मैले अघि सुरु मै भनेको छु कि कनकाइ नगर आफैमा समृद्ध नगर हो ।
    यहाँको पर्यटन, धार्मिक तथा ऐतिहासिक क्षेत्रले देशमै ख्याती कमाएको छ । कनकाइ धार्मिक एवम, एतिहासिक क्षेत्र, जामुनखाडी सिमरार पर्यटन क्षेत्र जस्ता क्षेत्रहरु हामीसँग छन् । र उक्त क्षेत्रहरुको अवलोकन भ्रमणमा हामी सहभागिलाई लैजाने छौँ । साथै यहाँको लोकल खानेकुरालाई विषेश प्राथमिकता दिनेछौँ । यहाँको कला र संस्कृतिलाई प्रस्तुत गर्नेछौँ ।
    यसैगरी हामीले सहभागि हुने जेसीज युवाहरुलाई उत्प्रेरणा जगाउनका लागि चर्चित गायीका आनी डोल्मालाई समेत सम्मेलनमा सहभागि गराउँदैछौँ । साथै थिम सेमीनारका लागि राजनीतिक विश्लेषक पुरञ्जन आचार्य, सुरेन्द्र केसी र साहित्यकार उज्वल प्रसाईलाई विषेश वक्ताका रुपमा सहभागि गराउँदैछौँ । यसका साथै उद्घाटनको साँझ गाला डिनर नाइटको व्यवस्था गरेका छौँ ।

    ८. अन्त्यमा केही भन्नु छ ?
    नेपाल जेसीजको एरिया ‘ए’ कन्फ्रेन्सको आतिथ्यता गर्ने अवसर पाउँदा सुरुङ्गा जेसीज निकै नै हर्षित भएको छ । जुन सम्मेलन हाम्रो पहिलो आतिथ्यता हो । यसलाई सम्पन्न मात्र होइन उत्कृष्टताका साथ सम्पन्न गर्नु पर्छ भनेर हामी सम्पूर्ण जेसीज टिम अहोरात्र रुपमा लागि परेका छौँ । यो कन्फ्रेन्स झापा जिल्लाको कनकाई नगरका लागि ऐतिहासिक अवसर हो जसलाई हामी ऐतिहासिक बनाउने छौँ । यहाँबाट फर्केर गए पछि पनि यहाँको सम्झना आइरहने किसिमको बनाउने जमर्को गर्नेछौँ । यहाँबाट फर्केर जाँदै गर्दाँ तपाईहरुलाई यस्तो अनुभूति हुनेछ कि सम्मेलन त यस्तो पो होस् भन्ने भावनको विकास गराउने छौँ ।
    अन्त्यमा तपाई क्षेत्र ‘क’ मा रहनु भएका सम्पूर्ण जेसीज मित्रहरुमा यस सम्मेलनमा सहभागि भएर थप उत्साहका सफल बनाउनका लागि साथ र सहयोग गरिदिनु हुन अनुरोध समेत गर्दछु ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…