• कपिलवस्तु: एक गर्भवती महिला वलात्कृत भएकी छिन्। कपिलवस्तुको विजयनगर गाउँपालिका ७ परसौया वस्ने ३८ वर्षिय ८ महिने गर्भवती महिलालाई बलात्कार गरेको आरोपमा ३ जनालाई प्रहरीले पक्राउ गरेका छ।

    भाद्र १२ गते राती साढे दश वजेको समयमा पति नभएको समय पारी सोहि गाउँ निवासी २८ वर्षिय बकन्चु केवट, ४० वर्षिय प्रह्लाद केवटले ४२ वर्षिय वर्षादी केवटको सहयोग लिइ वलात्कार गरेको आरोप पिडितले लगाएकी थिइन।

    पिडितका पतिले १३ गते तीनै जना विरुद्ध किटानी जाहेर दिएको र प्रहरीले थप अनुसन्धान गरेर पिडकलाई पक्राउ गरिएको इलाका प्रहरी कार्यलय गणेशपुरमा प्रहरी निरिक्षक नविन पौडेलले वताए।

    निरिक्षक पौडेलको नेतृत्वमा  खटिएको टोलीले किटानी जाहेर दिएकै दिन वर्षादी केवटलाई पक्राउ गरेको वताए। त्यस्तै भाद्र १४ गते अर्का आरोपी प्रह्लाद केवटलाई पक्राउ गरेको निरिक्षक पौडेलले जनाए ।

    त्यस्तै मुख्य आरोपीत वकन्चु केवट घटना पछि फरार थिए। प्रहरीले केवटलाई भारतको सन्सरी भन्ने ठाउमा लुकिछिपि वसेको अवस्थामा पक्राउ गरेको छ।

    वहादुरगंजमा रहेको शिवराज अस्पतालमा उपचार भएपछि पिडितको अवस्था सामान्यमा फर्केको प्रहरी निरिक्षक पौडेलले जानकारी दिए । पिडकहरुलाई जवरजस्ती करण अन्तरर्गत मुद्धा चलाईने प्रहरीले जनाएको छ ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…