• नयाँ पत्रिकामा नयाँ के त ?’ ग्राहक अभियानका बम्पर उपहारस्वरूप काठमाडौं जडीबुटीकी सुजाता श्रेष्ठले फिएट एभेन्चुयरा कार पाएकी छिन् । होटेल अन्नपूर्णमा आयोजित विशेष कार्यक्रममा आइएमई ग्रुपका अध्यक्ष चन्द्र ढकालले श्रेष्ठलाई कारको साँचो हस्तान्तरण गरे ।

    योजनाअनुसार तेस्रो महिनाको विजेता बसुन्धराका शिवप्रसाद सुवेदी र चौथो महिनाका विजेता धरानको बराह ज्वेलर्सका प्रतिनिधिहरू पूर्णकुमार कालिकोटे र शेरमान महतलाई यामाहा प्mयासिनो स्कुटी हस्तान्तरण गरियो । सुवेदीलाई उद्यमी सुहृद घिमिरे र बराह ज्वेलर्सका प्रतिनिधिलाई उद्योगपति करण चौधरीले उपहार हस्तान्तरण गरे ।

    योजनाअनुसार नुवाकोटको नाडेप लघुवित्त वित्तीय संस्थाका प्रतिनिधि लोकहरि कोइरालालाई टिसिएल स्मार्ट टिभी प्रदान गरियो । कोइरालालाई नाडा अटोमोबाइल डिलर्स एसोसिएसनका पूर्वअध्यक्ष अञ्जन श्रेष्ठले टिभी प्रदान गरेका थिए ।

    नाडेपले छैटौँ पाक्षिक उपहार जितेको थियो । सातौँ पाक्षिक विजेता झापा, शनिश्चरेका सन्दीपकुमार गतानीका प्रतिनिधि केदारकुमार ओझालाई पनि टिभी हस्तान्तरण गरियो । उनलाई नाडा अटोमोबाइल डिलर्स एसोसिएसनका कामु अध्यक्ष कृष्णप्रसाद दुलालले टिभी हस्तान्तरण गरेका थिए ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…