• झापा । विश्वका एक सय २५ देशमा सञ्जाल रहेको र मानवीय क्षेत्रमा क्रियाशील जुनिअर चेम्बर इन्टरनेशनल [जेसिआई]ले विभिन्न क्षेत्रमा विशेष योगदान पु‍र्‍याएका विश्वका दश उत्कृष्ट व्यक्तिमा नेपालका डा. कमल लामिछाने पनि परेका छन् । प्राज्ञिक क्षेत्रमा योगदान पुर्‍याएको भन्दै डा। लामिछाने सम्मान पाउने दश जनामा छानिएका हुन् । अन्तराष्ट्रिय रूपमा यस्तो सम्मानको व्यवस्था हुनु पहिले अमेरीका पूर्वराष्ट्रपतिहरु जोन एफ केनेडी, रिचर्ड निक्सन र बिल क्लिन्टनलगायतले पनि यो सम्मान पाएका थिए ।

    एक सय २५ देशमा रहेका जेसिसईका कार्यालयले विभिन्न क्षेत्रमा योगदान पु¥याएका व्यक्तिलाई सिफारिस गर्ने व्यवस्था छ । सोही व्यवस्थाअनुसार नेपालबाट जेसिसले डा। लामिछानेलाई सिफारिस गरेको थियो । छनोट समितिले ४० वर्षभन्दा कम उमेरमा उनीहरूले पु¥याएको योगदानलाई आधार मान्दै बिस जनाको सूची तय गरेको थियो । जसमा दश जना सम्मानित हुने गरि अनलाइन भोटिङको व्यवस्था गरेको थियो ।

    जेसिआईले वेबसाइटमार्फत दिएको जानकारी अनुसार उसका अन्तराष्ट्रिय अध्यक्षका अलावा बान्की मुन सेन्टर फर ग्लोवल सिटिजन्सका प्रमूख कार्यकारीसहितको पाँच सदस्यीय निर्णायक समितिले दश उत्कृष्ट युवा व्यक्तिको सूचीलाई अन्तिम रूप दिएको हो । उनीहरुलाई अक्टोबर ३० देखि नोभेम्बर ३ सम्म भारतस्थित गोवामा हुने विश्व सम्मेलनमा सम्मानित गरिनेछ ।

    डा. कमल लामिछाने विद्यावारिधी गर्ने नेपालकै पहिलो दृष्टिबिहीन व्यक्ति हुन् । दृष्टिबिहीन भएकाले १२ वर्षसम्म पढ्न नपाएका उनी चितवनस्थित कालिका नगरपालिका, ७ का स्थायी बासिन्दा हुन् । उनले सन् २०१० सालमा २९ वर्षको उमेरमा टोक्यो विश्वविद्यालयबाट पिएचडी गरेका छन् ।

    जापानमा बसोबास गर्ने लामिछाने चुकुबा विश्वविद्यालयका सहप्राध्यपक हुन् । चुकुबामा अध्यापन गर्नु पूर्व उनी जाइका अनुसन्धान केन्द्रमा अनुसन्धानकर्ताका रूपमा कार्यरत थिए । उनका शिक्षाका साथै अपाङ्गतासम्बन्धी थुप्रै अनुसन्धानमूलक प्राज्ञिक आलेखहरू अन्तराष्ट्रिय जर्नलमा प्रकाशित छन् । उनको विकासोन्मुख मुलुकमा अपाङ्गता, शिक्षा र रोजगारी नामक क्याम्ब्रिज विश्वविद्यालयबाट २०१५ सालमा प्रकाशित पुस्तकलाई जापान सोसाइटी फर इन्टरनेश्नल डिभेलोपमेन्टले २०१६ सालमा पुरस्कृत गरेको थियो ।

    डा। लामिछानेले जेसिआई सम्मान नेपाल र नेपालीमा समर्पित गर्न चाहेको प्रतिक्रिया दिएका छन् । ‘यो सम्मानबाट मानिसहरूमा थोरै भए पनि अपाङ्गताप्रति जनचेतना जगाउनुका साथै आगामी दिनमा नेपालबाट जेसिआईलगायतका मन्चमा हाम्रो प्रतिनिधित्व धेरैभन्दा धेरै हुनेमा आशा राख्न सकिन्छ ।’ उनले बताए ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…