• काठमाडौं, २० भदौ । राष्ट्रपति विद्यादेवी भण्डारीको हातबाट नेपाल प्रहरीका एक जना विवादस्पद अधिकृतले हिजो पदक पाएपछि अहिले राष्ट्रपतिविरुद्ध आलोचना सुरु भएको छ ।

    बलात्कारको घट्ना गुपचुपमा मिलाएको आरोपमा कारबाहीमा परेका नेपाल प्रहरीका एसपी विद्यानन्द माझीले ‘प्रबल जनसेवाश्री पदक’ पाएका छन्। यिनलाई राष्ट्रपतिबाट किन पदक भन्दै उत्पात मच्चिएको हो ।

    प्रेमी र उनका साथी मिली इटहरी तरहराकी किशोरीमाथि बलात्कार गरेको घटनालाई मिलापत्र गराएको आरोप माझीमाथि लागेको खबर धेरै अघिदेखि नै चर्चामा थियो। तर, यसबारेमा राष्ट्रपति भण्डारीले चासो नदेखाएजस्तो देखियो ।

    माझी जिल्ला प्रहरी कार्यालय सुनसरीको प्रहरी प्रमुख भएकै बेला उक्त घट्ना घटेको थियो । उनै माझीलाई मंगलबार राष्ट्रपति भण्डारीले पदक दिईन् ।

    माझीले राष्ट्रपति भण्डारीबाट पदक लिएको फोटो बाहिरिएसँगै अहिले भण्डारीको बारेमा सामाजिक सञ्चालमा विभिन्न टिकाटिप्पणी भएको छ ।

    गत माघ २३ गते निलम्बनमा परेका माझीको ग्रेड रोक्का गरी तीन महिनापछि फुकुवा गरिएको थियो। उनी हाल डोटीमा कार्यरत छन्।

    गणतन्त्र दिवसका अवसरमा घोषणा भएका विभिन्न पदक र विभूषण राष्ट्रपति भण्डारीले मंगलबार शीतल निवासमा वितरण गरेकी थिइन्। समारोहमा ३ सय ४४ जनाले विभिन्न मानपदवी पाएका थिए।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…