• हेटौँडा : नेपाल कम्युनिस्ट पार्टी (ने क पा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वर्तमान सरकारका कामको गम्भीर रुपमा समीक्षा भइरहेको बताएका छन्।  मकवानपुरको मनहरी- ९ रजैयामा बुधबार अग्निहोत्राश्रममा भएको कार्यक्रममा बोल्दै उनले जनतामा वर्तमान सरकारप्रति नकारात्मक धारणा रहेको स्वीकार्दै प्रधानमन्त्री केपी शर्मा ओली र आफूले सरकारको कामबारे गम्भीर समीक्षा गरिरहेको बताएका हुन्। सरकार बनेको छ महिनामा अपेक्षाकृत काम गर्न नसकेको स्वीकार गर्दै सत्तासिन दलका अध्यक्ष समेत रहेका उनले अबको छ महिनामा आशा जगाउने ढंगले काम गर्ने दाबी समेत गरे।  दुई तिहाई बहुमतको सरकारबाट जनताले धेरै अपेक्षा गरेको भन्दै त्यो पूरा गर्ने ढंगले काम अघि बढाउने उनले बताए। उनले वर्षायाम सकिएसँगै काठमाडौंका सबै सडक कालोपत्रे गरी धुलो र धुँवाबाट मुक्त बनाइने पनि उल्लेख गरे। उनले यातायात सुविधालाई प्राथमिकता दिँदै काम अघि बढाउने भन्दै रेल योजना लगायतका दीर्घकालिन महत्वका काम परिणाममूखि ढंगले अघि बढिरहेको जानकारी दिए। कार्यक्रममा प्रदेश ३ का मुख्यमन्त्री डोरमणि पौडेलले जनताको भावना सम्बोधन गर्ने ढंगले विकासको काम अघि बढाउन प्रदेश सरकार प्रतिवद्ध रहेको बताए।

    आश्रमका संरक्षक सीताराम खनालको अध्यक्षतामा भएको कार्यक्रममा प्रतिनिधिसभा सदस्य विरोध खतिवडा, नेपाली कांग्रेस प्रदेशसभा ३ संसदीय दलका नेता ईन्द्रबहादुर बानियाँ, नेता माइकल रामचन्द्र अर्याल, गाउँपालिका प्रमुख एकराज उप्रेतीले पनि धारणा राखेका थिए। कार्यक्रम संयोजक व्यवसायी अजेयराज सुमार्गीले आफ्नो मन्तव्य गर्दै सामाजिक सद्भाव अभिवृद्धिका लागि यस्ता खाले आश्रमको भूमिका महत्त्वपूर्ण रहेको बताए। उनले यस क्षेत्रको विकासका लागि संघीय, प्रदेश एवम् स्थानीय सरकारको सहयोग अपेक्षा गरिएको बताए। सबै क्षेत्रको सहयोग जुटे जैविक ढंगले उपचारका लागि अस्पताल संचालन गर्ने योजना रहेको सुमार्गीको भनाइ थियो। कार्यक्रममा प्रचण्डले विविध वनस्पति उद्यान र चाणक्य सदनको उद्घाटन गरेका थिए भने वैदिक होम समेत गरेका थिए।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…