• झापा । सुरुङ्गा जेसीजको आतिथ्यतामा हुने क्षेत्र ‘क’ सम्मेलनको सबै तयारी पुरा भएको छ ।
    शुक्रवार र शनिवार कनकाई नगरपालिकाको सुरुङ्गा हुने सम्मेलनको उद्घाटन पूर्व प्रधानान्याधिश सुशिला कार्कीले गर्ने कार्यक्रम तय भएको नेपाल जेसीजका राष्ट्रिय कार्यकारीणी उपाध्यक्ष एवम् क्षेत्र क्षेत्र ‘क’ सम्मेलनका सभापति सिनेटर विकास मानन्धरले बताउनु भयो ।
    उपाध्यक्ष मानन्धरका अनुसार कनकाइ उद्योग वाणिज्य संघको सभाहलमा हुने सम्मेलन बिहान ठिक साढे १० बजे उद्घाटन हुनेछ ।
    सम्मेलनमा सहभागि हुन क्षेत्र ‘क’ का ३७ वटा शाखाका करिब ८ सय जेसीजकर्मीहरु उद्घाटन समारोहमा सहभागि हुने निरुपति कार्यकारीणी उपाध्यक्ष समेत रहनु भएका मानन्धरले बताउनु भयो । सम्मेलनमा मुख्य प्रेरक वक्तको रुपमा गायीका आनी डोल्मा, थिम सेमीनारका वक्ताका रुपमा प्राध्यापक डाक्टर सुरेन्द्र केसी, राजनितिक विश्लेषक पुरञ्जन आचार्य र साहित्यकार उज्जवल प्रसाईको सहभागिता रहनेछ ।
    सम्मेलनमा आउने जेसीजकर्मीहरुलाई झापाको पर्यटकीय तथा धार्मिक स्थलहरु कोटीहोम, जामुखाडी सिमसार र धनुसकोटी धामको भ्रमण गराइने कार्यक्रम रहेको छ ।
    ‘हामी फरक र ऐतिहासिक सम्मेलन गर्ने तयारीमा छौँ’ मानन्धरले भन्नु भयो–‘हामी तपाइहरुलाई स्वागत गर्न तम्तयार छौँ । सुन्दर नगरी सुरुङ्गामा यहाँहरु सबैलाई हार्दिक स्वागत छ ।’
    क्षेत्र ‘क’ निरुपित उपाध्यक्षहरुमा रश्मि निरौला, अमिश ढकाल र सुर्मिता शर्मा रहनु भएको छ । क्षेत्र ‘क’ सम्मेलनको निर्दशेक पूर्व अध्यक्ष कुमारमणि पोखरेल र आतिथ्यता शाखा सुरुङ्गा जेसीजका वर्ष २०१८ का अध्यक्ष भीम भट्टराई रहनु भएको छ ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…