• बाजुरा। गत भदौ ९ गतेदेखि सम्पर्कविहीन भएका पत्रकार तेजबहादुर खड्का (तेजु)को खोजीका लागि गएको टोली बुधबार फर्किएको छ।

    जिल्लाको प्रसिद्ध धार्मिकस्थल बूढीनन्दा माईको दर्शन गरेर घर फर्किने क्रममा गत भदौ ९ गतेदेखि उनी सम्पर्कविहीन भएका थिए। नेपाली सेनाको रेस्क्यु टोलीले पत्रकार खड्का हराएको स्थानसम्म पुगेर खोजीकार्य गर्दा पनि कहीँ कतै फेला नपरेपछि टोली फर्किएको हो। टोलीसंगै गएको नेपाल प्रहरी र स्थानीयवासीसमेत फर्किएको जिल्ला सुरक्षा समितिका संयोजक एवं प्रजिअ चेतराज बरालले बताए।

    डोटी जिल्लाको सिलगढी नगरपालिका घर भएका पत्रकार खड्का एक वर्षदेखि बाजुराको कोल्टीमा रहेको रेडियो बूढीनन्दा (एफएम)मा कार्यरत थिए। उनी बूढीनन्दा माईको दर्शनका लागि कोल्टीबाट त्यसतर्फ गएका थिए।

    पत्रकार खड्का बूढीनन्दा माईको दर्शन गरेर बड्डी पाटन लौरी विनायक हुँदै छापे्र भराण क्षेत्रमा हराएको हुनसक्ने भन्दै नेपाली सेना, नेपाल प्रहरी र स्थानीयवासीसहतिको टोलीले उनको खोजीका लागि त्यसतर्फ प्रस्थान गरेको थियो।

    पत्रकार खड्का हराएकै दिनदेखि स्थानीयवासी र नेपाल प्रहरी, नेपाली सेना परिचालन गरी खोजी तीव्ररुपमा पारिएको थियो। खड्का सम्पर्कविहीन भएको ठाउँमा मौसम खराबीका कारण बाक्लो कुहिरो लागेकाले हेलिकप्टरमार्फत खोजी गर्नसमेत समस्या देखिएको छ। तर मौसम अनुकूल राम्रो भएपछि गृह मन्त्रालयमार्फत नेपाली सेनाको हेलिकप्टरद्वारा पत्रकार खड्काको पुनः खोजी गर्नका लागि केन्द्रमा नै छलफल भइरहेको जिल्ला सुरक्षा समितिका संयोजक एवं प्रजिअ चेतराज बरालले बताएका छन्।

    पत्रकार खड्का हराएको ठाउँ मानव बस्तीविहीन हो भने धार्मिक तथा पर्यटन क्षेत्र हो। झण्डै १४ हजार फिट उचाइमा रहेको बूढीनन्दामा जनै पूर्णिमाको दिन मेला पर्व लाग्ने गर्दछ। रासस

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…