• विराटनगर। नेपाल प्रेस युनियन मोरङले दुईवटा पुरस्कारबाट चारजना पत्रकारलाई पुरस्कृत गर्ने निर्णय गरेको छ ।

    युनियनले हरेक वर्ष प्रदान गर्ने ‘शैलजा आचार्य स्मृति पत्रकारिता पुरस्कार’बाट तीनजना र यस वर्षदेखि स्थापना भएको ‘अम्बे–मुरारि महिला पत्रकारिता पुरस्कार’बाट एकजना पत्रकारलाई पुरस्कृत गर्ने निर्णय गरेको हो ।

    कांग्रेस केन्द्रीय सदस्य अमृत अर्याल संरक्षक रहेको ‘शैलजा आचार्य स्मृति पत्रकारिता पुरस्कार’ यस वर्ष उर्लाबारीका पत्रकार मदनबाबु प्रसाईं, बेलबारीका पत्रकार नरेन्द्र बस्नेत र विराटनगरकी पत्रकार रञ्जिता पोखरेललाई समर्पण गर्ने निर्णय भएको युनियनका मोरङ अध्यक्ष मीनकुमार नवोदितले जानकारी दिए ।

    त्यस्तै ‘अम्बे–मुरारि महिला पत्रकारिता पुरस्कार’ पत्रकार सुशीला पाठकलाई प्रदान गरिने भएको छ। पुरस्कारको संस्थापकमा युनियनकी पूर्वकेन्द्रीय सदस्य भारती उपाध्याय हुन्। चारवटै पुरस्कारको राशि जनही ११ हजार रुपैयाँ र सम्मानपत्र रहेको छ ।

    त्यसैगरी युनियनले आठौं अधिवेशनको अवसर पारेर प्रदेश प्रमुख गोविन्दबहादुर तुम्बाहाङका प्रेस संयोजक शेखर रेग्मी, विराटनगर महानगरपालिकाका प्रमुख भीम पराजुलीका प्रेस संयोजक कौशल निरौला, उर्लाबारीका प्रमुख खड्ग फागोका प्रेस संयोजक रुपेन्द्र शेर्मा र लेटाङ नगरपालिकाका प्रमुख शंकर राईका प्रेस संयोजक प्रशान्त निरौलालाई सम्मान गर्ने भएको छ ।

    मोरङ युनियनबाट नेपाल पत्रकार महासंघ प्रदेश–१ को सदस्यमा निर्वाचित ब्रम्हदेव यादव र साढे दुई दशकभन्दा लामो समयदेखि निरन्तर रुपमा साप्ताहिक पत्रिका प्रकाशित गरिरहेका सुनिल पोखरेललाई पनि सम्मान गर्ने निर्णय भएको पुरस्कार छनौट समितिका सदस्य कुमोद अधिकारीले जानकारी दिए।

    सबै पुरस्कार भदौ ३० गते विराटनगरमा हुने आठौं जिल्ला अधिवेशनका अवसरमा समर्पण गरिने अध्यक्ष नवोदितले बताए ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…