• विराटनगर २० भदौ । कांग्रेसको राजनीतिमा पछिल्लो समयमा आएर सक्रिय देखिएका पार्टीका प्रभावशाली नेता डा.शेखर कोइराला यतिवेला आफ्नो निर्वाचन क्षेत्रमा पुगेर विरामीको जाँचमा व्यस्त देखिएका छन । जनताको ठूलो आशा र भरोसाको केन्द्र बन्दै गएका कोइराला बेलाबखत आफ्नो पेशालाई व्यवहारमा उतार्न औधी मन गर्छन । बिशेष गरि आफ्नो निर्वाचन क्षेत्रको भ्रमणमा जाँदा उनलाई विरामीहरूले घेरी हाल्छन र स्वास्थ्य जाँच गर्न लगाउँछन । उनी झर्को फर्को मान्दैनन । कोइराला जहाँ पुग्छन विरामीहरूको घुँइचो हुन्छ ।
    वीपी कोइरालाको १ सय ५ औ जन्मजयन्तिको अवसरमा वीपी कोइरालाल साहित्य तथा अध्ययन प्रतिष्ठानले वुद्यवार मोरङको सुन्दर हरैचाको स्कुल डाँडामा आयोजना गरेको कार्यक्रममा त्यस्तै दृष्य देखियो । स्वास्थय शिविर चलिरहेको थियो कोइराला त्यहाँ पुग्ने वितिकै विरामीहरूले घेरे ।
    कोइराला स्वास्थ्य शिविरको प्रमुख अतिथि बन्न गएपनि विरामीले सुख्खै दिएनन । विरामी जाँच गर्न आएकालाई स्वास्थ्य परामर्श दिदै औषधी लेखिदिए । स्वास्थय शिविरमा आएका दर्जनौ सर्वसाधारणको उनले जाँच गरे । ग्रामीण क्षेत्रमा पुगेर होस वा आफ्नै निवासमा भेटन आउने जो सुकै विरामीको आग्रहलाई उनी अस्वीकार गर्दैनन । महिला संघ मोरङका अध्यक्ष शान्ता पौडेलले कोइराला जस्तो सजिलो नेता कांग्रेसमै नदेखिएको बताईन । जनताको खुस दुखमा सधै चिन्तित देखिने कोइराला जस्ता महान नेता कांग्रेसले पाउनु सौभाग्य रहेको पौडेलले बताईन ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…