• विराटनगर । नेपाली कांग्रेसका विकास प्रेमी नेता रमेशजङ्ग रायमाझी यतिवेला मोरङका जनता माझ निक्कै लोकप्रिय बन्दै गएका छन । मोरङको सुन्दर हरैचामै रमाएर बसेका रायमाझीको स्वभाव खरो देखिएपनि जनताको गुनासो नझर्की सुन्ने र तत्कालै सम्बोधन गर्ने बानीले लोकप्रिय बनेका हुन । नेता भएर गाउँ नजाने गुनासो बढिरहेको बेला उनी गाउँमै बसी जनताको पक्षमा वकालत गरेर हिडेका छन । कांग्रेसबाट र।ष्ट्रिय सभा सदस्य रहेका रायमाझी पदमा नबस्दा पनि सुन्दर हरैचा नगरपालिकाका दर्जनौ सडकको स्तरउन्नी गरेर जनताको मन जितेका छन । विकासको लागी आएको बजेटमा बाँडीचँुडि खाने प्रवृती बढिरहेको बेला रायमाझीले त्यस्तो बजेटकोे लोभ नगरि सक्दा आफ्नै खर्चमा सडक निर्माण गरिरहेका छन ।
    सुन्दर हरैचा वडा न ३ का वडा अध्यक्ष जीवन ढुङ्गानाले रायमाझी जनताकै नेता भएको बताए । ढुङ्गानाका अनुसार रायमाझीले पदमा नबस्दमा पनि सुन्दर हरैचाको —४ नम्वर वडाको हेवेली मार्ग ,विच बाँध , वलिया सडकको स्तरउन्नीत गरे । घरबार विहिन भएर बसेका २० परिवारलाई बसोबासको प्रवन्ध गरे । यो कार्यले उनको राजनीतिक कद पनि बढेर गयो ।

    सुन्दर हरैचाको वडा न ३ स्थित रणकाली मार्गको मंगलवार रायमाझीले समुदघाटन गर्दा सहभागिहरूले उनको खुलेरै प्रशंसा गरेका हुन । मोटरसाईकल सम्म हिडने अवस्था नरहेको यो मार्ग मा डेढ किलोमिटर कालोपत्रे रायमाझीकै सक्रियतामा बनिसकेको छ । रायमाझीले केन्द्रबाट ल्याएको ३ करोड ५० लाख रूपैया बजेटबाट रणकाली मार्ग सहित अन्य ५ सडकको स्तरउन्नी हुँदैछ । सुन्दर हरैचाको मृगौलीया , हरैचा र विराटनगर जोडने हुलाकी मार्ग रहेको यो सडकको स्तरउन्नी पछि यस क्षेत्रका १० हजार जनता प्रत्यक्षरूपमा लाभान्वित हुने छन । नेपाल सरकार मंत्रीस्तरीय निर्णय गराएर उनले ३ करोड ५० लाख रूपैया निकासा गराएको जनतामाझ खुलासा गरे । कति दिन भोकभोकै बसेर पनि सडकको गुणस्तर कायम गराउन ठेकेदारलाई खवरदारी गरेको उनले जानकारी दिए ।
    कांग्रेस नेता रायमाझीले सुन्दर हरैचाको विकासको लागी आफूले थप १२ सडकको स्तरउन्नी गर्ने योजना बनाएको र त्यसको लागी चाडै १२ करोड रूपैया निकासा हुने बताए ।

    लामो संघर्ष र त्याग पछि कांग्रेसमा एकाएक उदाएका यूवा नेता रायमाझीले भने , “ समस्या परेर आउने कम्यूनिष्टलाई पनि म सहयोग गर्न तयार छु ।” जनताको खुशीको लागी आफूले कोही सँग सम्झौता नगर्ने बताउने रायमाझीले भने , “ विकास मेरो पहिलो प्राथमिकता हो ।” जनस्तरबाटै प्रसस्तै साहानुभूती बटुल्न थालेपछि रायमाझीको कार्य प्रति उनकै स्पर्धी कांग्रेस भित्रकै कार्यकर्ताले इस्र्या गर्न थालेका छन ।
    सुन्दर हरैचाका मेयर शिव ढकालले रायमाझीले गरेका विकासका हरेका कार्यलाई जनताले औधी रूचाएको बताउदै उहाँको योगदान स्थानीय जनताले कहिल्यै भूल्न नसक्ने बताए । नगरपालिकाले यो बर्ष १ वडा १ कालोपत्रे सडक निर्माण गर्ने प्रतिवद्धता जनाएकोमा रायमाझीकै पहलबाट कालोपत्रे सडक निर्माण गरेर नगरपालिकालाई सहयोग पुर्याएकोमा धन्यवाद दिए ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…