• कुमार खड्का भदौ २१ पथरी मोरङ जिल्लाको दक्षिणी नगरपालीका सुनवर्षी नरपालीका वडा नं. १ र ४ मा पर्ने नगरपालीकाको एक मात्र स्थानिय पशुपन्छी तथा कृषि बजारको आज एक कार्यक्रमका विच पुनः उदघाटन गरिएको छ । “गान्धि आश्रम बजारको शान, सुनवर्षी नगरपालीकाको पहिचान” भन्ने मुख्य उद्देश्य वोकेको सो वजारको नगरप्रमुख कालिप्रसाद दासले उद्दघाटन गरेका हुन । वि.स.२०३९ सालमा उपप्रधानपञ्च भमिन्द«मान राईको पहलमा स्थापित वजार लामो समयदेखि लाग्न सकिरहेको थिएन । स्थानिय गान्धीमोनमोहन गुठि सस्थानको २० विघाहा क्षेत्रफमा फैलिएको जग्गाको कुल क्षेत्रफलको ४ विघाहामा सो वजार लाग्दै आएको थियो । वजारको स्थापना कालमा कुल वजार क्षेत्रफलको आम्दानीको ४० प्रतिशत हिस्सा गुठि सस्थानलाई प्रदान गर्ने सर्तमा सो वजार साप्ताहिक रुपमा लाग्दै आएको गुठि सस्थानका एक सदस्यले बताएका छन् । तर पछिल्लो समय गुठि सस्थानका पदाधिकारी र स्थानिय वजार व्यावस्थापन समिति विच कुरा नमिल्दा सो वजार सुस्ताएको वुझिएको छ ।ग्रामिण भेगको नगरपालीकाका लागि सो वजार आर्थीक समृद्घिको मेरुदण्डका रुपमा रहेको वताउदै वडा नं.का वडा अध्यक्ष टेक बहादुर भट्टराईले नगरको मुख्य आम्दानीको स्रोतका रुपमा विकाश गरेर लैजानु पर्ने बताएका छन् । छिमेकी नगरपालीको सोहि प्रकृतिको बजार नगरको आम्दानिको स्रोत वनिरहेको अवस्था आफ्नो नगरपालीको एक मात्र कृषि तथा पशु बजार ओझेलमा पर्नु दुखद भएको बताएका छन् । त्यस्तै गरि बजारको वारेमा आफ्नो धारणा राख्दै वडा नंं. ४ का वडा अध्यक्ष श्रवण कुमार राजवंशिले उचित स्थान र प्रचुर आर्थीक सम्भावना भएको वजार भएतापनि सम्वधित निकायको ध्यान पुग्न नसक्दा नगरको आम्दानीको स्रोत वाहिरी रहेको भन्दै सो कुरालाई मध्यनजर गर्दै नगरपालीकाले तगरुक्तासाथ बजारको उचित व्यावस्थापनमा ध्यान दिनु पर्ने बताएका छन् । स्थानिय गांगा प्रसाद पाठकले गुठि संस्थानको अङकुशको अवरोधका कारण बजारले गतिलिन नसकेको बताएका छन् विगतमा सो बजार ५÷६ लाख रुपैयामा ठेक्का लाग्ने गरेको भएतापनि वारम्वारको गुठि सस्थानको अवरोधका कारण वजार ठिङगुरियर विस्थापित भएको उनि वताउछन् । वजारको विस्तार हुन नसक्नु र विस्थापित हुनुमा गुठि सस्थानको मुख्य भुमिका रहेको स्थानियहरुले बताएका छन् । कार्यक्रममा प्रमुख अथितिका रुपमा रहेका स्थानिय सरकार प्रमुख सुनवर्षी नगरपालीका प्रमुख कालीप्रसाद दासले सो वजारलाई नगरपालीकाको मुख्य आयस्रोतको रुपमा विकाश गरेर लैजाने बताउदै स्थानिय गुठि सस्थानका पदाधिकारीहरु सग समन्वय गरि समस्याको दिर्घकालिन समाधान खोजी गरि नगरको दिगो आर्थीक स्रोतको रुपमा लिएर जाने बताएका छन् ।

    नगरको आर्थीक समृद्घिको प्रमुख कडिको रुपमा रहेको वजार पुन उदघाटन हुनु नगरको समग्र विकाशमा ईटा थपिनु सरह भएको भन्दै सवै सरोकार वाला पक्षसग छिट्टै वार्ता गरि वजारको दिगो व्यावस्थापनमा नगरपालीकाले भरपुर सहयोग गर्ने प्रतिवद्घता जाहेर गरेका छन् । हाल सञ्चालनमा आएको सो वजारमा हरेक वस्तुको विक्रिनामामा ७५ प्रतिशत छुटका साथ वजार सञ्चालन गरिरहेको वजार व्यावस्थापन समितिका अध्यक्ष राम कुमार तामाङले बताएका छन् । आउदो कार्तिक महिनामा लक्ष्मीपुजाको अवसरमा वजारको प्रवद्घनका लागी कृषि मेलाको आयोजना गरिने पनि तामाङले बताएका छन् ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…